Friday 14th of June 2024

मटिहानीमा छैठो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता सुरु

0 Shares

महोत्तरी / मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मंडलले खेलकुद र शिक्षाको विकासका लागि पालिका कटिबद्व रहेको  बताउनुभयो ।

मटिहानी नगरपालिकाको मटिहानी रंगशालामा आज देखि सुरु भएको अन्तर बिद्यालय स्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको उद्वघाटन गर्नु हुँदै उहाँले खेलकुदले बिद्यार्थीको आत्मबल बढाउनुको साथै देशका लागि कर्णधार युवा तयार गर्न सहयोग पुग्ने भन्नुभयो ।

दुई दिन सम्म चल्ने प्रतियोगितामा पालिकाका ५(पाँच) वटा माध्यमिक विद्यालय सहभागी रहेका छन । त्यसै क्रममा बोल्दै मटिहानी स्थित श्री राम मा.वि.को कक्षा ११ मा अध्ययनरत हिना खातुनले पालिकाले प्रत्येक वर्ष आयोजना गर्दै आर्इ रहेको यो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताले हामीहरुको शारिरिक तन्दुरुस्ती र आत्मबल बढाउनुका साथै हामी सबै विद्यार्थीहरुको विचमा आपसी मेलमिलाप समेत बढदा खुशी ब्यक्त गरेका हुन ।

प्रतियोगितामा भलीबाल,कब्बडी, दौड़,हाइ जम्प लॉन्ग जम्प गरी जम्मा २३ किसिमको खेल खेलाइने कुराको जानकारी शिक्षा शाखा प्रमुख चन्देश्वर साहले बताउनु भयो।

 

प्रतिक्रिया