Monday 13th of January 2025

राज्यको सम्पति लुट्नेमाथि सरकारले निगरानी गर्दैछन् : गृहमन्त्री श्रेष्ठ

0 Shares

धनवीर महतो । वर्दिवास (महोत्तरी)
राज्यको सम्पति लुट्ने कार्यमा संलग्न जोसुकैलाई सरकारले कानुनीको दायरामा ल्याएर कारवाही गर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिवद्धता जनाएका छन् । विहीबार महोत्तरीको वर्दिवासस्थित आधारशिलाको २१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कानुनको नजरमा दोषी ठहरिएको व्यक्तिलाई सरकारले कुनै पनि परिस्थितीमा कानुनअनुसार कारवाही गरेरै छाड्ने जनाएका छन् ।

मन्त्री श्रेष्ठले भने, प्रायः सम्पतिशाली (धनाढ्य), पहुँचवाला, कर्मचारीहरु राज्यको सम्पतिलाई कव्जा जमाएका हुन्छ । त्यस्तालाई कानुनको दायरामा ल्याउन सरकार कदापी खुट्टा कमाउँदैन् । जसको प्रत्यक्ष उदाहरण पछिल्लो समयमा पुर्वमन्त्री, उच्च ओहोदाका कर्मचारी संलग्न रहेको फाईलहरु खोलेर सरकारले प्रक्रिया अगाडि बढाईसकेको छ । चाहे ललिता निवास प्रकरण होस, या सुनकाण्ड, त्यस्तै भ्रष्टाचार काण्ड वा मिटरव्याजको काण्ड किन नहोस् । त्यसमा संलग्नलाई अनुसन्धानको दायरामा ल्याएको छ । दोषी भएकोलाई कानुनअनुसारको कारवाही गर्नका लागि सरकारले कदापी कसैसँग सम्झौता गरेका छैन् ।


नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले सवै दललाई राष्ट्को कार्यभारतर्फ ध्यान दिई जनताको आवश्यकतालाई पुर्ति गर्ने किसिमको कार्यसम्पादनका लागि आग्रह गरेका छन् । सुशासन, समृद्धि र समाजिक न्याय वर्तमान सरकारको मुख्य प्राथामिकता रहेकोले सोही अनुसारको गति वढाउनका निम्ति सरकारको कदम कदापी नरोक्ने उनले धारणा राखेका छन् ।
कार्यक्रमकाबीच राष्ट्यि जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले आफ्नो संस्कृति विर्सिएकै कारण देशको संस्कृति र संस्कार फस्टाउन नसकेको धारणा राखेका छन् । व्यक्तिगत सम्पतिकै कारण भेदभावपुणर् समाजिक वेथितीको उत्पति भएकोले यसलाई अन्त्यको लागि सवैको सामुहिक प्रयास र सहयोगको आवश्यक रहेको अध्यक्ष केसीले धारणा राखेका छन् ।
आधारशिलाद्धारा आधा दर्जन व्यक्तित्व सम्मानित
आधारशिला परिवारले देशका ६ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित गरेका छन् । आधारशिला निर्माणको क्रममा अमुल्य सहयोग गरिने विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको आधारशिलाका सदस्य एवम् पूर्वमन्त्री गिरीराजमणि पोखरेलले बताएका छन् ।

पोखरेलका अनुसार सम्मानित हुनेहरुमा राष्ट्यि जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसी, नेकपामा क्रान्तिकारीका केन्द्रिय सल्लाहकार ईश्वरी प्रसाद दाहाल, वामपन्थी चिन्तक घनश्याम शर्मा पौडेल, वरिष्ठ संगितकर्मी रामकृष्ण दुवाडी, नेकपा एमालेका केन्द्रिय सल्लाहकार एवम् लेखक शान्ता मानवी र राजनितीकर्मी अश्वेश्वर गोईत रहेका छन् । त्यस्तै नेकपा क्रान्तिकारी माओबादीका महासचिव मोहन वैद्य किरणलाई समेत आधारशिला परिवारले सम्मान गर्ने कार्यक्रम राखिएको थियो ।

तर उहाँ शारिरीक अस्वस्थताका कारण कार्यक्रममा आउन नसक्दा उनलाई भेटेरै सो सम्मान गरिने पूर्वमन्त्री पोखरेलले जानकारी दिएका छन् ।
आधारशिला ; जहाँ आश्रितहरु बर्षौदेखि एउटै मेसमा बनेको खाना खादैछन्
महोत्तरीको वर्दिवास नगरपालिका वडा नं. ३ मा रहेको आधारशिला समाजमा आश्रितहरु २१ बर्षदेखि एउटै भान्छामा पाकेको खाना खाएर जीवनयापन गर्दै आएका छन् । आधारशिलामा बसोवास गर्ने ४५ जना सदस्यहरुले वि.सं. २०५९ सालदेखि नै एउटा मेसमा बनेको खाना खाएर जीवन विताउदै आएका छन ।
सिरहाको गोलवजारमा १८ जना वालवालिकालाई संरक्षणका लागि सो समाजको स्थापना गरिएको थियो । तत्कालिन समयमा जनयुद्धको क्रममा शहादात प्राप्त गरेको शहिद तथा युद्धमा खटिएको क्रममा वेपता भएका योद्धाका परिवारका सन्तानलाई मातृत्व एवम पितृत्व माया प्रदान गरि संरक्षणका उनीहरुलाई एकीकृत रुपमा शिक्षा, दिक्षा, गाँस, वास कपासको व्यवस्था गर्न उद्देश्यले समाजकोे समाजको स्थापना गरिएको संरक्षक एवम् नेपाल सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए ।


मन्त्री श्रेष्ठले भने-‘देशमा शान्तिस्थापना भएपश्चात वि.सं. २०६२/०६३ सालतिर समाजलाई महोत्तरीको वर्दिवासमा रुपान्तरित गरेका हौ । जहाँ ४५ जना यस्ता परिवारका सदस्यहरु समाहित भएका छन । जुन देशकै एउटा सामुहिक समाजवादका नमुना बन्न सफल भएका छन । ’ नेता श्रेष्ठले भने-‘हाम्रा समाजमा भाईभाईवीच दुई चार बर्ष पनि एकता टिक्दैन तर यस समाजले विगत १६ बर्षदेखि एउटै चुल्होमा पाकेको खाना खाएर जीवन विताउदै आएका छन । जुन विश्वकै लागि नमुना बनेका छन । ’


वर्तमान समयमा गुरुत्वको विकास अत्यन्त आवश्यक रहेको औल्याउदै नेता श्रेष्ठले अगाडि भने-‘सांगठानिक एकता नभएकै कारण सामुहिकताको अभ्यासको विषयमा पार्टीभित्र यस्ता विषयमा छलफल हुन सकेकौ छैन । बर्तमान समयमा नेपाली समाजमा समाजवादको भु्रण निर्माणको क्रममा रहेको यस्ता समाजहरुको निर्माण देशको अत्यन्त आवश्यक रहेको नेता श्रेष्ठले धारणा राखेका छन ।
१३ कटठा ऐलानी जग्गामा सामुहिक भवन निर्माण गरिएको आधारशिला समाजमा हाल विभिन्न जनजातिको आश्रित रहेको नेकपाका नेता गिरीराजमणि पोखरेलले बताएका छन । समाजलाई सरकारी कार्यालयमा दर्ता नगराएको बताउदै नेता पोखरेलले अगाडि भने-‘यहाँ सवैलाई व्यक्तित्व स्वतन्त्रता छ, कसैमाथि कसैको दवाव छैन तर समाज सामुहिकतालाई लिएर अगाडि बढेकै कारण यहाँ अहिलेसम्म विवाद वा झगडा भएको छैन । मनमुटाव हुन्छ तर सो को समाधान पनि तत्कालै सोही समाजमा हुने गर्छन ।’

यहाँ उमेर पुगेका केटा वा केटीको विवाह गर्नका लागि स्वतः छुट रहेको जनाउदै नेता पोखरेलले अगाडि भने-‘तत्कालिन समयमा आरक्षणको लागि जिम्मा लिएका १८ जना वालवालिकामध्ये हाल ६ जना वालवालिकाहरु विभिन्न कलेजमा उच्च शिक्षा अध्ययनरत रहेका छन । गाँस, वास र कपासमा सवैले निरन्तरण रुपमा सहयोग गर्दै आएको छ ।’
यस्ता उदाहरणीय कार्य र यस समाजको चर्चा परिचर्चा विश्वको लागि नमुना रहेको नेता पोखरेलले दावी गरेका छन । यस परिवारका व्यक्तिहरुले एकले अर्कालाई कमरेड वा उमेर अनुसारको सम्बोधन गर्ने गर्दछन । आर्थिक रुपमा वृद्धि गर्ने सोचलाई मनन गर्दै यस्ता संस्थाको निर्माण गर्नुपर्ने अत्यन्त आवश्यक रहेको नेता पोखरेलले औल्याएका छन ।


नेकपा नेता तथा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राज्यले हत्या गरेका ४ दर्जन कार्यकर्ता र बेपत्ता पारेका कार्यकर्ताका छोराछोरीलाई शिक्षा र बसोबासको व्यवस्थाका लागि सिरहाको गोलबजारमा आधारशिला निर्माण सुरु गरेको स्मरण गरे । सामाजिक सांस्कृतिक रुपान्तरणका लागि १८ जना बालबालिकाबाट आधारशिला स्थापना गरेको बताउदै २०६२/६३ को आन्दोलनपछि यसलाई पुनर्गठन गर्नुपर्छ भनेर अघि बढाएको बताए ।
आधारशिलाका संरक्षक समेत रहेका मन्त्री पोखरेलले अहिले ठूलो कम्युनिष्ट पार्टी बनेको र समाजवाद उन्मुख कार्यक्रमलाई जोड दिइरहेको अवस्थामा आधारशिलाजस्तै सामुहिकतालाई अगाडि बढाउने बिषयमा बहस हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया