Tuesday 21st of January 2025

एमाले महोत्तरीको अध्यक्षमा बलराम यादवको प्यानल विजयी

0 Shares

धनवीर महतो । महोत्तरी
१३ बर्षपछि महोत्तरीमा नेकपा एमालेको जिल्ला अधिवेशन सम्पन्न भएको छ । छैठौ जिल्ला अधिवेशनको पादाधिकारी चयन निर्वाचन प्रक्रियामार्फत टुगों लगाईएको हो ।
जिल्ला अध्यक्ष लगायतका पदमा एकभन्दा बढी आकाङ्क्षी भएपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व छनौट गरिएको निर्वाचन अधिकृत उद्धव वहादुर क्षेत्रीले बताए ।


शनिबार घोषणा गरिएको मतपरिमाण अनुसार अध्यक्ष पदका उम्मेदवार बलराम यादवको प्यानल विजयी भएको निर्वाचन अधिकृत क्षेत्रीले जानकारी दिए । निर्वाचन अधिकृत क्षेत्रीका अनुसार नेकपा एमाले महोत्तरी अध्यक्षमा यादव २५९ मत ल्याई विजयी भएको छ । उनको निकटतम प्रतिद्वन्द्वी शिवचन्द्र सिंहले १५५ मत ल्याएको थियो । विजयी भएका यादव प्यानलबाटै उपाध्यक्षमा अम्बिका प्रसाद गौतम २३७ , सचिवमा शम्भु ठाकुर २२८, उपसचिवमा फेकन राम चमार २२३ र लेखा समिति अध्यक्ष सूर्य प्रसाद सिंह कुशवाहा २४२ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।


निकटतम प्रतिद्वन्द्वीहरू उपाध्यक्षमा दलबहादुर थापाले १५५, सचिव जीतेन्द्र चौधरी १५५, उपसचिवमा नयिम अंसारी १४२ र लेखा समिति अध्यक्षमा शम्भु महतो १२२ मत ल्याएको निर्वाचन अधिकृत क्षेत्रीले बताए । ४३७ मतदाता रहेको नेकपा एमाले महोत्तरीमा ४२९ मतदान भएको थियो ।
१३ वर्ष पश्चात् भएको एमालेको छैठौ जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष लगायतका पदमा एकभन्दा बढी आकाङ्क्षी भएपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व छनौट गरिएको हो ।
नेता कार्यकर्ताले गरे सडक सरसफाई
जिल्ला नेतृत्वको मतपरिमाण घोषणा भएपछि नव निर्वाचित पदाधिकारी सम्मिलित टोलीले जलेश्वरको सडक सरसफाई गरेका हुन् । मधेश प्रदेशसभा सदस्य एवम् नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सडक सरसफाई गरेको हो ।

स्थानिय महेन्द्र चौकदेखि अधिवेशनस्थल (जिल्ला सम्वन्य समितिको सभाहल), भोजनस्थल लगायतका स्थलहरु सरसफाई गरेको हो । सो फोहोर विसर्जनको लागि जलेश्वर नगरपालिकालाई जिम्मा लगाईएको नेता यादवले जानकारी दिए ।

प्रतिक्रिया