Tuesday 11th of February 2025

जव मुलककै पहिलो गुरुकुलमा पुगे राष्ट्रपति पौडेल

0 Shares

धनवीर महतो । मटिहानी (महोत्तरी)

राष्ट्रपति रामचन्द्र पौडेल शनिवार महोत्तरीको मटिहानीस्थित राजकीय सस्कृत आवासीय विद्यालयको अवलोकन गरेका छन् । महोत्तरीमा आयोजित विविध कार्यक्रममा सरिक हुने क्रममा शनिवार विहान मुलुकै जेठो गुरुकुलमा पुगेका राष्ट्रपति पौडेलले त्यहाँको विषयवस्तुको सम्बन्धमा अनुभव लिएका थिए । संस्कृत विषयको पठनपाठन गराउँदै आएकोमा खुशी हुँदै राष्ट्रपति पौडेलले विद्यालय परिवारलाई धन्यवाद दिएका थिए । राष्ट्रपतिको विद्यालयमा आवागमन भएलगतै गुरुकुलका शिष्यहरुले स्वास्तिक मन्त्र उच्चारण गरि स्वागत गरेका थिए । त्यस्तै गुरुकुलका प्राचार्य ईश्वरीप्रसाद पौडेलले सस्कृतमा लेखिएको सम्मानपत्र अनि रुद्राक्षको माला राष्ट्रपतिलाई लगाईदिएका थिए ।

सो क्रममा प्रचार्य ईश्वरीप्रसाद पौडेलले विद्यालयमा रहेको समस्या सक्षिप्त रुपमा राष्ट्रपतिलाई जानकारी गराएका थिए । वर्तमान समयमा आवासीय रुपमा विद्यालय सचालनका लागि धैरै नै कठिनाई रहेकोले यसतर्फ समयमै सहयोगका लागि राष्ट्रपति समक्ष अपील गरेका थिए ।

जलेश्वरनाथ महादेवको दर्शन

शनिवार विहान महोत्तरी आएका राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरी सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिरको दर्शन गरेका थिए । १२ महिने जलभत्रि रहने भगवान शिवको दर्शन गर्नुको साथै राष्ट्रपतिले पूजाअर्चना समेत गरेका थिए ।

राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भर्‍याङमुनि) जलभित्र रहेका जलेश्वरनाथ महादेवको विशेष पूजाअर्चना गराएका थिए । उनले मन्दिर परिसरमा रहेको माता पार्वती र गणेशको पनि पूजाअर्चना गरेका थिए । राष्ट्रपतिलाई जलेश्वरका मेयर सुरेश साह सोनारले मन्दिर परिसरमै नगरकोतर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

पूर्वमन्त्रीद्धय मिश्र, नेपाली र शहीद केशव कोइरालाको शालिक अनावरण ,

राष्ट्रपति रामचन्द्र पौडेलले  पिपरा गाउँपालिका- ४ मा निर्मित पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्र, जलेश्वर नगरपालिका-५ मा निर्मित पूर्वमन्त्री स्वर्गीय गणेश नेपाली र मटिहानी नगरपालिका-८ मा निर्मित सहिद केशव कोइरालाको सालिक अनावरण गरेका हुन् ।

सो क्रममा राष्ट्रपति पौडेलले सहिद एवम् पूर्वनेता देशका धरोहर रहेकोले त्यस्ता महान नेताहरुप्रति हरेकको श्रद्धाभाव हुनुपर्नेमा जोडदिएका छन् । सहिदहरूले देशका लागि गरेको योगदानलाई हामीले बिर्सिन नहुने तथा उनीहरुले देखाएको बाटोमा सधैँ हिँड्नुपर्नेमा राष्ट्रपतिले जोड दिएका छन् ।

 

प्रतिक्रिया