Sunday 16th of June 2024

डढेलो निभाउन वर्षातकै भर

0 Shares

काठमाडौं : चैत पहिलो साता आगलागी र डढेलोको चपेटामा मुलुक पर्‍यो। उपयुक्त स्रोत साधन नहुँदा आगलागी र डढेलोबाट मुलुकमा ठूलो धनजनको क्षति भयो। तर, एक साता अघिदेखि परेको पानीले यी घटना नियन्त्रण भए। धन्न अरू क्षति हुन पाएन। तर, विज्ञहरू वैशाख र जेठ महिना आउनै बाँकी रहेकाले आगलागी र डढेलोको ‘खतरा’ नटरेको बताउँछन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ०८० वैशाखदेखि चैत ६ गतेसम्म मुलुकभर ३ सय २१ वटा डढेलोको घटना भए। पाँच जनाको मृत्यु भयो। १७ जना घाइते भए। त्यसैगरी ४३ परिवार प्रभावित भए। यी घटनामा ५७ लाख २५ हजारको क्षति भएको सरकारी अनुमान छ।

यसै अवधिमा आगलागीका ३ हजार ५ सय ४२ वटा घटना भए। यसबाट ९७ जनाको मृत्यु, चार सय ६४ जना घाइते भए। चार हजार ४०३ परिवार प्रभावित भए। २ अर्ब १९ करोड ३९ लाखभन्दा बढीको क्षति भएको आकलन गरिएको छ।

प्राधिकरणको तथ्यांकअनुसार सन् २०१० देखि हालसम्म २५ हजार आगलागी र ६ सय १० वटा डढेलोको घटना भए। सबैभन्दा धेरै कोशी प्रदेशमा आगलागीका घटना भए। दोस्रोमा मधेस प्रदेश, तेस्रोमा बागमती, चौथोमा लुम्बिनी, सुदूरपश्चिम र कर्णालीमा कम आगलागीका घटना भए।

यस अवधिमा १ हजार १७ जनाको मृत्यु भयो। ३३ सय ५३ जना घाइते भए। यसबाट २७ बिलियन क्षति भएको आकलन छ।

हालैका घटनाहरू हेर्दा पनि डढेलो तथा आगलागीका घटना आक्रामक रूपमा बढिरहेको देखिन्छ। यसबाट हुने मानवीय तथा आर्थिक क्षतिको बास्तविक आकडा निकाल्न चुनौती भएको प्राधिकरण जनाउँछ। प्राधिकरणका उपसचिव तथा डढेलो विज्ञ सुन्दर शर्मा भन्छन्, ‘क्षतिको आकलन गर्न चुनौती छ। यसलाई पैसासँग कसरी तुलना गरेर निकाल्ने हामीलाई मात्रै नभएर संसारभरि नै चुनौती छ।’

शर्माका अनुसार नेपालमा हरेक चार वर्षदेखि पाँच वर्षको अन्तरालमा व्यापक विपद् हुने खालको डढेलोको चक्र चलिरहेको छ। वैशाखको दोस्रो साता उच्च बिन्दुमा डढेलो पुग्छ। हाल त सुरुवात मात्रै भएको उनले जनाए।

शर्माका अनुसार ४४ प्रतिशत डढेलोहरू मानवीय लापरबाहीका कारण हुन्छन्। त्यसमा जलवायु परिवर्तले गर्दा तापक्रम बढिरहेकाले वन डढेलो अझ बढिरहेको छ। डढेलो वर्षा र तापक्रमसँग सम्बन्धित रहेको छ। नेपालमा पनि त्यसको असर देखिसकेकाले अलिकति सतर्कता अपनाउन तथा जनचेतना फैलाउन जरुरी रहेको उनले जनाए ।

शर्माले थपे, ‘तयारीका लागि सबैलाई सचेत रहन आग्रह गर्न सकिन्छ। र अहिले डढेलो व्यवस्थापनका लागि ठूलो क्षमता हामीसँग छैन।’

तर, प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल यस्ता घटना नियन्त्रण गर्न सकिने बताउँछन्। पोखरेलका अनुसार कस्ता ठाउँमा आगो लाग्छ ? कसरी आगो निभाउने ? कसरी सुरक्षित राख्ने, कस्तो ठाउँमा जान मिल्दैन ? विस्तृत योजना कस्तो बनाउने लगायतका विषयमा तालिम दिने गरिएको छ। पोखरेलले भने ‘रूखमै आगो लाग्न थालेमा, हावा चलेमा त्यस्तो ठाउँमा जान हुँदैन। फायर लाइन कोर्नुपर्ने हुन्छ। यो विकसित (टुल) साधन हो।’ ठूलो आगोमा मान्छे पठाउन नमिल्ने र यस्ता घटनामा जनशक्ति गुमाएका कारण आगो निभाउन फायर लाइनसम्म कुर्नुपर्ने बताए।

हरेक प्रदेश तथा सम्बन्धित निकायसँग संवाद गर्ने, वन मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, नेपाल प्रहरी, नेपाल आर्मी स्थानीय तहलगायतसँग सहकार्य गर्दै राष्ट्रिय रणनीति बनाउने काम भइरहेको उनले जनाए। सावधानीका साथ काम गरेमा डढेलो नियन्त्रण गर्न सकिने उनले बताए। तर, डढेलो नियन्त्रणका लागि स्रोतसाधन र  क्षमता चाहिने उनले बताए।

पूर्वी नेपालको अत्यन्त सुक्खा रहेकाले त्यहाँ धेरै आगलागी तथा डढेलोको घटना भएको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले बताए।

डढेलो लगाउनेलाई कारबाही 

प्राधिकरणका उपसचिव तथा प्रवक्ता गोमादेवी चेम्जोङका अनुसार डढेलो लगाउनेहरूलाई वन ऐनमा व्यवस्था भएअनुसार कारबाही हुन्छ। उतm ऐनअनुसार जानी जानी लगाउनेलाई तीन वर्ष कैद, ६० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ। विगतमा डढेलो लगाउने व्यक्तिहरूलाई कारबाही गरिएको रेकर्ड वन मन्त्रालयसँग रहेको उनले जानकारी दिइन्।

चेम्जोङका अनुसार आगो लगाएको सूचना वा सुराकी दिने व्यक्तिलाई पुरस्कार दिइन्छ। जरिवानाको १० प्रतिशत त्यस्ता व्यक्तिलाई पुरस्कार स्वरूप दिइन्छ।

डढेलो लाग्नुको मुख्य कारण हेलचेक्र्याइँ नै देखिएको छ। मानिसहरूले प्रायजसो आफ्नो खेतबारीमा आगो सल्काउँदा उक्त आगो गाउँबस्ती, जंगलसम्म पुग्ने गरेको छ। सुक्खा याममा पातपतिंगर थुप्रिएर बसेकाले चाँडै डढेलो फैलिने गरेको छ। गाउँघरतिर खेतीपाती कम हुँदा वनको क्षेत्र बढेको छ। वन बढ्दै जाँदा पनि डढेलोको जोखिम बढेको छ। पहिला जति जंगलको क्षेत्र बढ्छ त्यति नै पोखरीहरूको व्यवस्था हुनुपर्छ भनिन्थ्यो। हाल त्यस्तो नभएको चेम्जोङले बताइन्।

अपर्याप्त उपकरण

डढेलो नियन्त्रणका गर्न उपकरणहरू पर्याप्त छैनन्। न्यूनतम स्रोतसाधनमा काम भइरहेको चेम्जोङले बताइन्। आगो नियन्त्रणका लागि दमकल अत्यन्त आवश्यक हुन्छ। तर, स्थानीय तहसँग जम्मा १ सय ६३ वटा दमकल रहेको चेम्जोङले जनाइन्। दमकल भएका ठाउँमा पनि बाटोघाटो र बस्तीका कारण दमकल छिर्न नपाउने समस्या छ। त्यस्ता ठाउँमा स्थानीय नदीनाला, पोखरीमा प्रयोग गर्न सकिने खालका पानी तान्ने पम्पहरू प्राधिकरणले ठाउँ–ठाउँमा पुर्‍याएको छ।

डढेलो तथा आगलागीको समस्या समाधान गर्न स्थानीय सरकार र वन उपभोतmा समिति सबैभन्दा नजिकमा हुने भएकाले जिम्मेवार तथा चनाखो हुनुपर्छ। डढेलोको जोमिखयुतm ठाउँहरूमा पानी पोखरी बनाउने लगायतका काममा उनीहरू अग्रसर भएमा राम्रो हुनेछ, चेम्जोङले बताइन्।

त्यसैगरी डढेलोको पूर्वसूचना प्रणालीको विकास गर्नका लागि लगानीका साथै तालिमको व्यवस्था हुनुपर्छ।

पूर्वमा आगलागी धेरै 

चैतको पहिलो पाँच दिनमा पाँचथरका पाँच घर जलेर खरानी भए। यो अवधिमा तेह्रथुमका २५ घरभन्दा धेरै जले भने भोजपुरमा घरसहित तीन जना बालबालिकाले आगलागीमा परी ज्यान गुमाए। पाँचथर, तेह्रथुम र ताप्लेजुङका दर्जनौं जंगलमा आगलागी भयो।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ घुर्बिसे पञ्चमी बजारमा आगलागी हुँदा तीन घर जलेर खरानी भए। ‘स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिएर ठूलो क्षति हुनबाट जोगियो,’ फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले भने।  तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा आगलागी हुँदा १७ घर जलेर खरानी भए। आगलागीबाट सिम्लेका रातमाटे, बाझीगरा, टाहारी, आम्फुवा लगायतका बस्ती जलेर सखाप भएको स्थानीय खेम गुरागाईले जानकारी दिए। आठराई गाउँपालिका–१ संक्रान्ति बजारको पुरानो गाउँमा आगलागी हुँदा तीन घर जलेर खरानी भएका थिए। सिंहदेवी सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलँदा घर जलेर खरानी भएको पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष अमृत बाँस्तोलाले जानकारी दिए। उक्त आगलागीबाट १ करोड १५ लाख ३८ हजार रुपैयाँ बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय संक्रान्तिले जनाएको छ।

भोजपुरको हतुवागढी गाउँपालिका–७ मा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको ज्यान गयो। रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका, ३ वर्षीय छोरा देउनिस र केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको आगलागीमा परी ज्यान गयो। भोजपुरको टक्सारस्थित मालबाँसेमा आगलागी हुँदा ६ घर जलेर खरानी भए।

बाबु बचाउन खोज्दा छोरीको जलेर मृत्यु

कालिकोटको खाँडाचक्र नगरपालिका ५ की १२ वर्षीया हरिकला चौलागाईंको उपचारको क्रममा निधन भयो। चैत २ गते नवदुर्गा सामुदायिक वनमा बाख्रा चराउन गएका बाबुछोरी एक्कासि लागेको आगोमा परी घाइते भएका थिए। घटना स्थलमै ४९ वटा बाख्रा जलेर मरे, बाख्रालाई बचाउन खोज्दा ५० वर्षीया नन्दराम चौलागार्इं पनि घाइते भए। बुवा आगोले जल्न थालेपछि बाबुलाई बचाउन गएकी हरिकला पनि आगोले जलेर गम्भिर घाइते भइन्।

कालीकोटमा तीन वर्षयता आगलागीबाट जलेर ६ जनाको ज्यान गयो भने ५ जना घाइते भए। २०७८÷०७९ देखि आर्थिक वर्ष २०८०÷०८१ सम्म ४० ठाउँमा आगलागी भयो। आगलागीबाट २२ वटा घर जलेर पूर्णरूपमा क्षति भएका छन्। हालसम्म आगलागीबाट ७७ वटा पशुचौपाया मरे भने दर्जनौंको संख्यामा घाइते भए।

रामेछापमा झन्डै तीन करोड बढीको क्षति

nullजिल्लाको विभिन्न स्थानमा आगलागी हुँदा झन्डै तीन करोडभन्दा बढीको क्षति भयो। रामेछाप नगरपालिका–९ को बस्ती नजिकैको जंगलमा लागेको आगोले पौने करोड रुपैयाँ बरावरको क्षति भएको रामेछाप नगरपालिकाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुुुसार आगलागीले कच्ची घरसहित लत्ताकपडा, अन्नपात, भाँडावर्तन, नगद र सुनका गहनालगायत क्षति भए।

लाङटाङ पदमार्गको जंगलमा आगलागी 

null

गोसाइँकुण्ड गाउँपालिका–४ को लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत लाङटाङ पदयात्रा मार्गको बम्बु क्षेत्र जंगलमा  आगलागी भयो।  लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भिरालो पाखामा जोखिम धेरै भएकोले आगो नियन्त्रण गर्न कठिन भएको बताए।

मधेसमा क्षतिको यकिन छैन

महोत्तरीमा अघिल्लो साता लक्ष्मिनियाँको जंगलमा डढेलो लाग्दा धेरैै क्षति पुर्‍यायो। करिब एक सातापछि मात्र वनमा लागेको आगो नियन्त्रणमा आएको थियो। त्यसबाट भएको क्षतिको यकिन विवरण अझ प्रदेशस्थित वन तथा वातावरण मन्त्रालयम्म पुगेको छैन।

वन संरक्षणका निम्ति विभिन्न संरचनाहरू तयारी अवस्थामा रहे तापनि मधेश प्रदेशका जंगलमा अछिल्लो बर्ष झैं यस बर्ष पनि गर्मी मौसमको शुरुवातमै डढेलोले जंगलमा क्षति पुर्‍याएको छ। मधेश प्रदेशका वन तथा वातावरण मन्त्रालयका सुचना अधिकारी बेचनकुमार महतोका अनुसार यहाँ प्राकृतिक र अप्राकृतिक दुई तवरले आगलागीका घटनाहरू घटिरहेका छन्।

प्रतिक्रिया