बिबेक कुमार महतो, गौशाला । विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस कोभिड–१९ संक्रमणप्रति सतर्कता अपनाउन ९ दिनको लगि जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्ला भरी निषेधाज्ञा जारी गर्न निर्णय गरेको छ ।
आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अगामी वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जिल्ला भरि निषेधाज्ञा जारी गर्ने निर्णय भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।
उनले निषेधाज्ञा अवधिमा अतिआवश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गर्दै उलंघन गरे कारबाही हुने समेत चेतावनी दिए ।
निषेधाज्ञा अवधिमा के गर्न पाइन्छ ? के गर्न पाइन्न ? |
चलाउन पाउने सवारी साधन
- एम्बुलेन्स, शववाहन, खाद्यसमाग्री, औषधी / कुखुराको चल्ला / पशुपंक्षीको दाना / पानी / दुध / इन्धन / फलफूल तथा तरकारी बोकेको सवारी साधनहरु, निर्माण समाग्राी ढुवानीका सवारी साधन
- सरकारी नम्बर प्लेटको (दुई पांग्रे र चारपांग्रे) साधन, झण्डावाहक सवारी साधन, कुटनीतिक नियोगको सवारी साधन, प्रेस पास प्राप्त सवारी साधन
- नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सर्बजनिक संस्थाका कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचय पत्र लगाएर हिड्ने कर्मचारी सबार भएका सवारी साधनहरु
- बैबाहिक कार्यक्रममा दुलाहा दुलही सबार सवारी समेत बढीमा १५ जना जन्ती मात्र बोकेको सवारी साधन
चलाउन नपाउने सवारी साधन
- सार्वजनिक यातायात (जस्तै बस, ट्याक्सी, जीप, टेम्पो लगायत)
- निजी सवारी साधन (चारपांग्रे, दुई पांग्रे)
खुल्ने सेवा
- अत्यावश्यक सार्वजनिक सेवा (स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी आदि)
- बैंक तथा वित्तिय संस्था (नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम स्वास्थ्य मापदण्ड पूर्ण रुपमा लागु गरी संचालन गर्ने)
नखुल्ने सेवा
- अत्यावश्यक बाहेकका नियमित सेवा
- सामाजिक संघसंस्थाका कार्य तथा सेवाहरु (स्वास्थ्य सुरक्षा बाहेक)
खुल्ने व्यवसायहरु
- औषधी तथा औषधीजन्य पसल
- पट्रोल पम्प
- खाद्यान्न, फलफूल, तरकारी, दुध/डेरी, ग्यास पसल (बिहान ७ः००–१०ः०० र बेलुकी ४ः००–७ः०० बजेसम्म)
नखुल्ने व्यवसायहरु
- होटल तथा रेष्टूरेन्ट, व्युटी पार्लर, कपडा पसल, शैलुन, जिमखाना, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल, शैक्षिक संस्था, ट्युसन सेन्टर
- उद्योग कलकारखाना
समुदाय तथा व्यक्तिले अनिबार्य रुपमा पालना गर्नुपर्ने
- विवाह, ब्रतबन्ध न्वारन, मृत्यु संस्कार लगायतका संस्कारजन्य कार्यक्रममा अनिबार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र भौतिक दुरी कायम गरी बढीमा १५ (पन्ध्र जना) मा सिमित भई सम्पन्न गर्ने, डी.जे. तथा ब्याण्ड बाजा नबजाउने
- औषधि उपचार एबम् अत्यावश्यक कार्यमा बाहेक घरबाहिर ननिस्कने, निस्कनै पर्दा अनिवार्य रुपमा माक्स लगाउने, समूहमा नहिड्ने, भौतिक दुरी कायम गर्ने ।
- मठमन्दिरहरुमा पुजारीले नित्य पुजा बाहेक अन्य सामुहिक पुजा तथा बलि बन्द गर्ने, कुनै मेला महोत्सब नगर्ने ।
- हाट बजार नलागाउने, खेलकुद प्रतियोगता नगर्ने, सार्वजनिक स्थलमा जम्मा नहुने, भिडभाड नगर्ने ।