Friday 14th of June 2024

जनकपुरमा छुरा प्रहार गरी महोत्तरीका युवकको हत्या

0 Shares

जनकपुरधाम / जनकपुरमा छुरा प्रहर गरी एक युवकको हत्या भएको छ । महोत्तरीको एकडाडा गाउँपालिका घर भएका २० वर्षीय प्रिन्स कुमार महासेठको हत्या भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार जनकपुरधाम उपमहानगरपालिका विश्वकर्मा रचौक नजिक आज दिउँसो १२ बजेतिर महासेठको हत्या भएको हो । एकिन छुरा भन्न नसकिएपनि धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव शौचालय भित्र भेटिएको डिएसपी अवाले बताए । हत्या गरेको आशंकामा स्थानीय २४ वर्षीय अर्जुन साहलाई प्रहरीले पक्राउ गरेको छ ।

मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया