Wednesday 29th of May 2024

राम जानकी विद्यालयमा नयाँ व्यवस्थान समिति चयन

0 Shares

बिजलपुरा / महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर—१२ श्री राम जानकी आधारभूत विद्यालय बिजलपुरा अकुवान टोलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुखलाल महतो निर्विरोध चयन भएका छन् । उनको अध्यक्षतामा ७ सदस्य समिति चयन गरिएको हो । अभिभावक भेलाबाट निर्विरोध रुपमा विद्यालय व्यवस्थान समिति छनौट गरिएको थियो ।
सदस्यहरुमा राजकिशोर महतो, बेचु विश्वकर्मा, रेखा देवी पासवान, सविता देवी पासवान र नैन देवी महतो रहेका छन् ।
७३ बर्ष अघि बसोबास भएको अकुवान टोलमा २०७८ सालमा मात्रै आधारभूत विद्यालय स्थापना भएको थियो । कक्षा तीनसम्म पढाई हुने विद्यालयमा जम्मा २ कोठा छन् । भौतिक पुर्वधार, खानेपानी, बिजुलीबत्ति, घेराबेरा, शिक्षकको कमीले विद्यालय समस्याग्रस्त छन् । दलित तथा विपन्न समुदायका करीब १ सय बच्चाहरु स्कूलमा अध्ययनरत छन् ।
निर्वाचित विद्यालय व्यवस्थान समितिका अध्यक्ष महतोले विद्यायललाई सुविधा सम्पन्न बनाउनका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया