Wednesday 29th of May 2024

अमर पजियारले ३ करोडको फर्जी तमसुक बनाएर ३० विघा जग्गा हत्याउन खोजेको आरोप

0 Shares

जनकपुरधाम / महोत्तरीको रामगोपालपुर गाँउपालिका लक्ष्मीपुर निवासी अन्जना मिश्रले अमर पजियार नामका व्यक्ति ३ करोडको फर्जी कपाली तमसुक बनाएर आफ्नो ३० विघा जग्गा हत्याउन खोजेको आरोप लगाएकी छन् । पजियारले आफूलाई त्यस तमसुकमा सहीछाप नगरे ज्यान मार्ने धम्की समेत दिएको उनको आरोप छ ।

बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिश्रले आफ्नो जेठाजु र देवरको नाममा फर्जी कपाली तमसुक बनाएको बताएकी हुन् । ‘पजियारले मेरो जेठाज्यु र देवरको नाउँमा तीन करोडको झुठो कपाली तमसुक बनाएर ३० बिघा जग्गा कब्जा गर्ने षड्यन्त्र गरेका छन् ‘उनले भनिन् ‘यो भू माफिया पजियारले अदालतमा मुद्दा गरेर मेरो सबै जग्गामा रोक्का गरिदिएका छन् । घर खाली गर्न र तमसुकमा सही छाप गर्न पटक पटक धम्काउँछन् ”

उनले प्रहरी समक्ष न्यायको लागि पुग्दा कुनै वास्ता नगरेको गुनासो गरिन् । आफ्नो बाजे ससुरा अक्षेबर सिंह र ससुरा रामकिशोर सिंहको नाउँमा रहेको ३० बिघा जग्गा हड्पने दाउमा पजियारले झुठो कपाली तमकसुक बनाए अदालतमा मुद्दा दिएको उनको दावी छ ।

सो ३० बिघा जग्गाको जलेश्वरस्थित जिल्ला अदालतमा तीन दाजुभाई बीच अँशबण्डासमेत भईसकेको उनले जानकारी दिँदै अखिलेश कुमार सिंह,सुनिल कुमार सिंह र अन्जनी कुमार शर्माको नाँउमा सबै जग्गा अंशबण्डा गरिएको छ ।

विगत दुई वर्षदेखि पजियारको मान्छेहरु घरमै गएर धाक धम्कि दिने गरेको,अदालतमा कहिले पनि प्रस्तुत नहुनेलगायतको घटनाहरुले पजियार भू माफिया रहेको पुष्टि भएको उनको दावी छ ।

झुठो कपाली तमसुकको जाँच गरिए दुधको दुध र पानीको पानी छुट्टिने दावी गर्दै पीडिता मिश्रले गृहमन्त्री रविलामिछानेको जनकपुरधामको भ्रमणको क्रममा समय मागेर आफ्नो समस्या सुनाएको र गृहमन्त्री लामिछानेले आफूहरुलाई न्याय दिनेमा विश्वस्त रहेको बताइन् । गृहमन्त्री लामिछानेलाई भन्दा पनि कसैले सुनुनवाई भए आफूले सो जग्गामै आत्महत्या गर्ने चेतावनी समेत उनले दिइन् ।

पजियारले फर्जी कपाली तमसुक खडा गरी आफ्नो १० करोड भन्दा बढी मूल्यको ३० विघा जग्गा हत्याउन खोजेको मिश्रले दावी गरिन् ।टुडेपाटी

प्रतिक्रिया