भंगहा : सामुदायीक भवन शिलान्यास

धर्वेन्द्र कुमार यादव(यदुवंशी),महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ४ बनरा थारुटाेलमा सामुदायीक भवन शिलान्यास गरेको छ ।

प्रदेश संसद सारदा थापाले जमनि दिएको जमनिदात्तालाई धन्यवाद समेत दिदै प्रदेश संसद थापाले जमिनदाता बिपिन साहले मुसहर समुदायलाई सामुदायीक भवनको लागि जमिन दिएको मुसहर समुदायहरु धेरै खुशि भएका छन।प्रदेश संसद सारदा थापा ,वडा अध्यक्ष अशोक महतो जमिनदाता बिपिन साह द्वारा संयूक्त रुपमा उक्त सामुदायीक भवनको शिलान्यास गरिएको होे ।उक्त सामुदायीक भवनका लागि संसदीय विकास कोषबाट १५ लाख अनुदान दिएको वडा अध्यक्ष अशोक महतोले शिरीष न्युजलाई बताए ।

सामुदायीक भवनका लागि भंगहा नगरपालिका वडा ४ बनरा थारुटाेलका बिपिन साहले अन्दाजी ९ धुर जग्गा दान दिएपछि उक्त भवनको शिलान्यास गरिएको हो ।शिलान्यास कार्यक्रममा सामाजसेबी, बुद्धिजीवी, नागरिकसमाज ,वडा सदस्यहरु, लगायत स्थानीयवासीको उपस्थिती रहेको थियो । हर्सोउल्लासका साथ शिल्यानास पुजा हिन्दुधर्मको बिधी बिधान अनुसार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार