Saturday 15th of June 2024

अर्घाखाँचीमा आगलागीबाट ४३ वटा घरगाेठ जले

0 Shares

अर्घाखाँची / अर्घाखाँचीका विभिन्न ठाउँमा हिजो शनिवार भएको आगलागीमा ४३ वटा घरगोठ जलेर नष्ट भएका छन् ।

हिजो भएकाे आगलागीले २० वटा घर, २३ वटा गोठ, ११ वटा बाख्रा र छ वटा भैँसी जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिनुभयो ।

भूमिकास्थान नगरपालिका वडा नम्बर ३/४ धारापानीमा हिजो भएको भीषण आगोलागीमा २३ वटा घरगोठ जलेर नष्ट भएका छन् । धारापानीको रातामाटा, जाबुनडाडा, बाजाखर्क, फलामखिल्जी लगायतका गाउँमा आगलागी भएको हो ।

पाणिनि गाउँपालिकामा दुई वटा घर र पाँच वटा गोठ जलेका छन् । यस्तै शितगङ्गा नगरपालिकाको भेडामारे, डोहोटे, गल्डुङ्ग लगायतका ठाउँमा पनि आगलागीबाट क्षति भएको छ ।

प्रतिक्रिया