Monday 13th of January 2025

पर्सामा कोरोनाबाट थप एकजनाको मृत्यु

0 Shares

पर्सा ः पर्सामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज कोभिड हस्पिटलमा उपचाररत पर्सागढी नगरपालिका–९ का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बैशाख ७ गते कोराना प्ष्टि भएका ती पुरुष गत शनिबार अस्पतालमा भर्ना भएका थिए। उनको उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा कोरोना फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिए ।

प्रतिक्रिया