Monday 13th of January 2025

मटिहानीमा भीषण आगो लाग्दा सय बढी घर जले

0 Shares

महोत्तरी / महोत्तरीको मटिहानीमा भीषण आगलागी हुँदा सय बढी घर जलेका छन्। मटिहानी नगरपालिका-६ मा पर्ने जरलहवा बस्तीमा बुधबार विहानैदेखि आगलगी हुँदा सय बढी घरहरू जलेको हो।


मेयर हरिप्रसाद मण्डलका अनुसार बस्तीका सय घर जलेर नष्ट भएको छ। अहिले आगो पूर्णरूपमा नियन्त्रणमा आउन नसकेकाले क्षतिको यकिन विवरण आउन नसकेको मेयर मण्डलले जानकारी दिए। बस्तीमा रहेका प्रायः घरधुरीमा रहेको अन्न, लुगाफाटा आगलगीमा जलेर नष्ट भएको मण्डलले बताए।

आगलागीलाई नियन्त्रणमा लिनका लागि नगरपालिकाको वारुणयन्त्रसहित , वरिपरीका पालिकाहरू, जलेश्वर, गौशला, रामगोपालपुर र जनकपुरधाम उपमहानगरपालिकाको वारुण यन्त्रहरूले आगो निभाउने प्रयास भइरहेको मेयर मण्डलले जानकारी दिए।

No description available.

अहिले घटना स्थलमा पुगेर स्थानीयको साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीहरूको व्यापक उपस्थितिमा आगोलागी नियन्त्रण गर्ने प्रयास जारी छ।

 

प्रतिक्रिया