Friday 20th of September 2024

मटिहानीका आगलागी पीडि़तलाई राहत

0 Shares

धनवीर महतो

महोत्तरी / मटिहानी नगरपालिकाका आगलगी पीडितलाई ५० किसिमका सामग्री सहितको प्याकेज वितरण गरिएको छ ।

शुक्रवार मटिहानी नगरपालिका ६ जरलहवा गाछीका आगलगी पीडितलाई सेभ द चिल्ड्ेन तथा युकेएआईडी नामक संस्थाको सहयोग तथा रतौली युवा क्लव र मटिहानी नगरपालिकाको समन्वयनमा सो राहत सामग्री प्रदान गरिएको हो ।

दैनिक जीवनमा प्रयोग हुने सरसफाई सामग्री, भाडावर्तन सेट, वालवालिकालाई उमेर समुह अन्र्तगतका आवश्यक सामग्री प्रदान गरिएको मटिहानी नगरपालिकाको कार्यालयले जनाएको छ ।

महोत्तरी जिल्ला समन्वय एकाइका प्रमुख सुमन लाल कणर् वस्तीमा पुगि पीडितलाई सो सामग्री वितरण गरेका थिए ।

वुधबार मटिहानीमा भएको आगलगीमा परि १ सय घरहरु जलेर नष्ट भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घरवारविहीन भएको उनीहरु अहिले खेतको ओतमा आश्रय लिएका छन् ।

प्रतिक्रिया