Thursday 6th of February 2025

शरीर शीतल राख्ने पाँच फल

0 Shares

काठमाडाैं / तापक्रम बढिरहेको छ । केही फलफूलको नियमित प्रयोग गरेर यस समय शरीरलाई शीतलता प्रदान गर्न सकिन्छ । गर्मी हटाउने मात्रै होइन, मानिसलाई स्वस्थ र निरोगी राख्न पनि यी फलफूलको प्रयोग महत्वपूर्ण छ ।

यस्ता छन् खरबूजा खानुकाे फाइदा « Drishti News – Nepalese News Portal

खरबुजा : यसमा पानीको मात्रा प्रशस्तै हुन्छ । त्यस्तै, यो निकै स्वादिलो पनि हुन्छ । गर्मीमा हाइड्रेटेड र शीतल रहनका लागि यो राम्रो विकल्प हुन सक्छ । यसले खाना पचाउन पनि सहयोग गर्छ ।

काँक्रो खाँदा हुने अद्भुत फाइदाहरु | Laltin Media

काँक्रो : काँक्रोले पनि शरीर शीतल गराउँछ । यसमा पनि पानीको मात्रा प्रशस्तै हुन्छ । पाचन प्रणाली बलियो बनाउन, तौल नियन्त्रण, छाला राम्रो राख्न, ब्लडप्रेसर नियन्त्रण गर्न यो प्रभावकारी मानिन्छ । शरीरका विकारलाई बाहिर निकाल्न पनि यसले सहयोग गर्छ ।

भुइँकटहर खाँदा हुन्छन यस्ता आश्चर्यजनक फाइदा, कस्तो बिरामीले खान हुने ...

भुइँकटहर : यसमा प्रशस्तै मात्रामा पोषक तत्व हुन्छ । स्वास्थ्यका लागि पनि यो राम्रो मानिन्छ । पाचन प्रणाली बलियो बनाउन, शरीरमा पानीको मात्रा पु¥याउन, तौल नियन्त्रणलगायत यसका धेरै फाइदा छन् । यो निकै स्वादिलो पनि हुन्छ ।

नरिवल पानी : उच्च रक्तचापदेखि छालाको रोग हटाउनसम्म सहयाेगी | BeniOnline ...

नरिवल : नरिवलको पानीले शरीरलाई शीतल राख्छ । त्यस्तै, नरिवलको टुक्रामा प्रशस्तै मात्रामा फाइबर हुन्छ । यसले कब्जियत हटाउन, डाइबिटिज नियन्त्रण गर्न, छाला स्वस्थ्य राख्न, रोगप्रतिरोधी क्षमता बलियो बनाउन सहयोग गर्छ ।

किवी फळ खाण्याचे 'हे' आहे जबरदस्त फायदे, जाणून घ्या

किवी : गर्मीमा शीतल दिलाउने अर्को फल किवी हो । यसका अनेक फाइदा छन् । छाला स्वस्थ्य राख्ने, राम्रो निद्रा लगाउने, कब्जियत नियन्त्रण गर्नेलगायत कार्यमा यो सहयोगी हुन्छ ।

 

प्रतिक्रिया