Thursday 14th of November 2024

गौशालामा आगलगी ९ लाखभन्दा बढिको क्षति

0 Shares

धनवीर महतो
महोत्तरी / गौशाला नगरपालिका २ कठुधारमा आगलगी हुँदा ९ लाखभन्दा वढिको क्षति भएको छ । आईतबार दिउँसो स्थानिय सद्दाम धुनियाँ र निजको भाई मन्सुरको नदाफको घरमा आगलगी हुँदा ९ लाख ७० हजारको क्षति भएको हो ।
ईलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार सो आगलगीमा परि दुई वटा टालीले छाएको घर र परालको कुन्यु (टाल) जलेर खरानी भएको हो । सो आगलगीमा परि सद्दामको घरमा रहेको अन्नपात, लताकपडा, सुनचाँदी र नगद ५० हजार गरि ९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी निरीक्षक मनोजकुमार यादवले बताए । त्यस्तै छेउमै रहेको क्युम नदाफको ५० हजार रुपैयाँको परालको कुन्यु (टाल) जलेको हो भने छेउमै रहेको मन्सुर नदाफको घर जल्दा ५० हजारको क्षति भएको हो ।
प्रचण्ड गर्मीका साथै हावाहुरी चल्दा आगो लागेको खवर स्थानीयले प्रहरीमा गरेको थियो ।
गौशालास्थित इलाका प्रहरी कार्यालयबाट र सशस्त्र प्रहरी बल रामनगरबाट खटेको ३६ जना सुरक्षाकर्मी तथा स्थानीयले आगो निभाउने प्रयास गरेका थिए ।
अत्याधिक गर्मी र पश्चिमा हावाको बेगले आगो दन्कदै गएपछि बर्दीबास, गौशाला र रामगोपालपुरबाट घट्नास्थल पुगेको वारुणयन्त्रको सहयोगले ३ घण्टा लामो प्रयासपछि आगो नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया