
काठमाडौं : मधेस प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ। जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादीले आफ्ना दुई मन्त्री फिर्ता बोलाएको छ।
मधेस प्रदेशमा सहभागी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई र विना विभागीय मन्त्री भरतप्रसाद साहले आइतबारै राजीनामा बुझाएका छन्। उनीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका थिए।
मधेश सरकारबाट बाहिरियो एमाले : ६ मन्त्रीको राजीनामा
नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको एमाले संसदीय दलका नेता सरोजकुमार यादवले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै समर्थन फिर्ता लिएको जानकारी गराउनु भएको हो।
आइतबार बसेको एमाले मधेश प्रदेश संसदीय दलको बैठकको निर्णय अनुसार समर्थन फिर्ता लिएको जानकारी नेता यादवले दिनुभएको हो। समर्थन फिर्ता लिएसँगै एमालेका ६ जना मन्त्रीलेसमेत राजीनामा दिएका छन्।
आइतबार नै नेकपा (माओवादी केन्द्र)लेसमेत मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।