Sunday 9th of February 2025

महोत्तरीमा आजदेखि निषेधाज्ञा जारी, के गर्न पाइन्छ, के पाइँदैन ?

0 Shares

बिबेक कुमार महतो, गौशाल । विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस कोभिड–१९ संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यलय महोत्तरीले आज बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला संकट व्यवस्थापन समितिले बुधबार बिहान ६ बजेदेखि अगामी वैशाख ३१ गते राति १२ बजेसम्मको लागि महोत्तरी जिल्ला भरि निषेधाज्ञा लागु गरेको हो ।

गएको आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न संंक्रामक रोग एन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

उनले निषेधाज्ञा अवधिमा अतिआवश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गर्दै उलंघन गरे कारबाही हुने समेत चेतावनी दिए ।

निषेधाज्ञा अवधिमा के गर्न पाइन्छ ? के गर्न पाइन्न ?

चलाउन पाउने सवारी साधन

  • एम्बुलेन्स, शववाहन, खाद्यसमाग्री, औषधी / कुखुराको चल्ला / पशुपंक्षीको दाना / पानी / दुध / इन्धन / फलफूल तथा तरकारी बोकेको सवारी साधनहरु, निर्माण समाग्राी ढुवानीका सवारी साधन
  • सरकारी नम्बर प्लेटको (दुई पांग्रे र चारपांग्रे) साधन, झण्डावाहक सवारी साधन, कुटनीतिक नियोगको सवारी साधन, प्रेस पास प्राप्त सवारी साधन
  • नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सर्बजनिक संस्थाका कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचय पत्र लगाएर हिड्ने कर्मचारी सबार भएका सवारी साधनहरु
  • बैबाहिक कार्यक्रममा दुलाहा दुलही सबार सवारी समेत बढीमा १५ जना जन्ती मात्र बोकेको सवारी साधन

चलाउन नपाउने सवारी साधन

  • सार्वजनिक यातायात (जस्तै बस, ट्याक्सी, जीप, टेम्पो लगायत)
  • निजी सवारी साधन (चारपांग्रे, दुई पांग्रे)

खुल्ने सेवा

  • अत्यावश्यक सार्वजनिक सेवा (स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी आदि)
  • बैंक तथा वित्तिय संस्था (नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम स्वास्थ्य मापदण्ड पूर्ण रुपमा लागु गरी संचालन गर्ने)

नखुल्ने सेवा

  • अत्यावश्यक बाहेकका नियमित सेवा
  • सामाजिक संघसंस्थाका कार्य तथा सेवाहरु (स्वास्थ्य सुरक्षा बाहेक)

खुल्ने व्यवसायहरु

  • औषधी तथा औषधीजन्य पसल
  • पट्रोल पम्प
  • खाद्यान्न, फलफूल, तरकारी, दुध/डेरी, ग्यास पसल (बिहान ७ः००–१०ः०० र बेलुकी ४ः००–७ः०० बजेसम्म)

नखुल्ने व्यवसायहरु

  • होटल तथा रेष्टूरेन्ट, व्युटी पार्लर, कपडा पसल, शैलुन, जिमखाना, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल, शैक्षिक संस्था, ट्युसन सेन्टर
  • उद्योग कलकारखाना

समुदाय तथा व्यक्तिले अनिबार्य रुपमा पालना गर्नुपर्ने

  • विवाह, ब्रतबन्ध न्वारन, मृत्यु संस्कार लगायतका संस्कारजन्य कार्यक्रममा अनिबार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र भौतिक दुरी कायम गरी बढीमा १५ (पन्ध्र जना) मा सिमित भई सम्पन्न गर्ने, डी.जे. तथा ब्याण्ड बाजा नबजाउने
  • औषधि उपचार एबम् अत्यावश्यक कार्यमा बाहेक घरबाहिर ननिस्कने, निस्कनै पर्दा अनिवार्य रुपमा माक्स लगाउने, समूहमा नहिड्ने, भौतिक दुरी कायम गर्ने ।
  • मठमन्दिरहरुमा पुजारीले नित्य पुजा बाहेक अन्य सामुहिक पुजा तथा बलि बन्द गर्ने, कुनै मेला महोत्सब नगर्ने ।
  • हाट बजार नलागाउने, खेलकुद प्रतियोगता नगर्ने, सार्वजनिक स्थलमा जम्मा नहुने, भिडभाड नगर्ने ।
प्रतिक्रिया