Saturday 5th of October 2024

विद्यार्थी भर्ना अभियानको क्रममा समाजमा देखिएको यथार्थता……………..

0 Shares

सुनिता महतो
गौशाला (महोत्तरी) / प्रत्येक वर्षको नयाँ वर्ष सुरु हुने वितिकै नेपालका सबै सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान सुरु हुने गर्दछ । प्रत्येक वर्ष झैँ यस वर्ष पनि वैशाख ३ गते देखि बैशाखको अन्तिम अर्थात ३० गतेसम्म सबै सामुदायिक विद्यालयले भर्ना अभियान गरेका थिए ।

अटेर गर्दै कतिपय विद्यालय, चैतमै भर्ना अभियान थाले

 

यस वर्षको विद्यार्थी भर्ना अभियानको मूल नारा ॅसबै बालबालकिाको वद्यिालयमा सहभागतिा, गुणस्तरीय शक्षिा प्राप्तकिो सुनश्चितिता’भन्ने नाराका साथ देशभर शैक्षकि सत्र २०८१ को वद्यिार्थी भर्ना अभयिान शुभारम्भ भएको हो । सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, विद्यालयका व्यवस्थापन समिति लगायत अन्य व्यक्तिहरु पनि सहभागी हुने गर्दछ । अभिभावकहरुको मन जित्नको लागि र सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउनको लागि शिक्षकहरुले विद्यार्थीको घर घरमा पुगेर अभिभावकलाई भेट्ने गरेका छन् । यसलाई घरदैलो कार्यक्रम पनि भनिन्छ । सामुदायिक विद्यालयका शिक्षकहरुले बैशाखको सुरुवातमा एक हप्तासम्म विद्यालयमा पठनपाठन नगरीकन अभिभावकहरुलाई भेट गरी आफ्नो बच्चालाई सामुदायिक विद्यालयमा भर्ना गराउनका लागि दिनरात खटिने गर्दछ । यति खटिदा पनि अभिभावकहरुले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउदैनन् । हुन त हो शिक्षकहरुले घरदैलो कार्यक्रममा जाँदाखेरी अभिभावकाको प्रश्न अजिबै खालका हुन्छन् ।

उनीहरुले शिक्षकहरुलाई यस्तो प्रश्न सोध्ने गरेका हुन्छन् ।

१) सामुदायिक विद्यालयमा पढाई नै हुदैन
२) अंग्रेजी माध्यममा पढाई हुदैन
३) सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले किन आफ्नो बच्चालाई निजि विद्यालयमा पढाउछन् । सामुदायिकमा किन पढाउदैनन् ।
४) सरकारी विद्यालयमा धेरै विदा हुन्छन् । निजिमा त्यति विदा हुदैनन् ।
५) सरकारी विद्यालयमा पढाउने अधिकाँश शिक्षकहरु निजी विद्यालयमा पढाउँछन् अनि ती शिक्षकले सरकारी विद्यालयलाई आराम गर्ने थलो मात्र बनाएका छन् ।
यस्ता यस्ता धेरै प्रश्नहरु विद्यार्थी भर्ना अभियानमा गएका शिक्षकहरुलाई अभिभावकहरुले सोध्ने गरेका छन् । हुन त आजकल कतिपय सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पढाई सुचारु भई सकेको छ ।तर गुणस्तरीय हुन सकिरहेको छैन । सामुदायिक विद्यालयमा भर्ना अभियानको कारणले पनि बैशाख महिनाभरि नै पढाईमा समस्या हुने गर्दछ । अर्थात पढाई नै हुदैन । यसले गर्दा पनि सामुदायिक विद्यालयमा पढाई खस्केको हुन सक्छ । कतिपय नगरपालिका र गाउँपालिकाहरुले भर्ना अभियानको समयमा अव सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन हुन्छ भनेर हल्लाखल्ला मचाईरहेका हुन्छन् । तर अंग्रेजी माध्यमको पाठ्यसामग्री निःशुल्क रुपमा उपलब्ध नगराए पछि पनि यी घोषणामाथि कतै न कतै अभिभावकहरुमा शंका उपशंका उब्जिरहेका हुन्छन् ।

सनराइजद्धारा अभिभावक भेला नतिजा प्रकासन तथा पुरस्कार वितरण सम्पन्न ...
सामुदायिक विद्यालयमा अभिभावक भेलामा शुद्ध अभिभावकको नगन्य उपस्थिती……
सामुदायिक विद्य्रालयमा विद्यार्थी भर्ना अभियानसँगै अभिभावक भेला गराउने गर्दछ । तर उक्त अभिभावक भेलामा शुद्ध अभिभावकको उपस्थिती न्युन रहन्छ । र राजनितीककर्मीको उपस्थिती धेरै नै हुने गरेको पाईन्छ । किनकि सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुका अभिभावकहरु काममा व्यस्त हुन्छन् अथवा उनीहरुलाई अभिभावक भेलादेखि कुनै किसिमको मतलव हुँदैनन् । महोत्तरीको गौशाला लगायत अन्य ठाँउमा पनि अभिभावक भेला गराउँदाखेरी जति अभिभावकहरुको उपस्थिती हुनुपर्ने हो त्यति हुँदैन्थ्यो । अभिभावकभन्दा बढी राजनितीकर्मीहरुको भीड लाग्ने गर्दछ । यसले के स्पष्ट हुन्छ कि अभिभावकहरुलाई सामुदायिक विद्यालयप्रति चासो नहुनु हो । जवसम्म अभिभावकले आफ्नो बालबच्चाको लागि विद्यालयमा गई केही कुरा वुझ्दैन् तबसम्म गुणस्तरीय पढाई हुँदैन् । हुन त कतिपय ठाँउमा अभिभावकहरुले सामुदायिक विद्यालयमा चासो देखाएपछि उक्त विद्यालयमा विद्यार्थी भर्ना हुनका लागि लाईनमा बसेको पनि पाईएको छ ।

किन छैन् चासो अभिभावकहरुलाई सामुदायिक विद्यालयमा
१) सामुदायिक विद्यालयमा न्युन आयआर्जन भएका व्यक्तिहरुले आ आफ्ना वच्चाहरु पढाईरहेका हुन्छन् ।
२) सामुदायिक विद्यालयमा प्रत्यक्ष रुपमा राजनितीककर्मीको हाली मुहाली भएको कारणले ।
३) विदा धेरै भएको कारणले ।
४) विद्यालय र अभिभावकविचको दुरीपन भएको कारणले ।
उपरोक्त कारणले अभिभावक भेलामा शुद्ध अभिभावकहरुको अनुपस्थिती हुने गरेको पाईन्छ । अभिभावकहरुले आफ्नो वच्चालाई विद्यालयमा भर्ना गराएर गएपछि फेरी एक दिन पनि फर्केर विद्यालयमा जाँदैनन् । जुन सुकै वेला पनि तिनीहरु काममा व्यस्त रहेका हुन्छन् । कतिपय विदेशमा काम गरिरहेका हुन्छन भने कतिपय आफ्नै गाँउघरमा ज्यालादारी गर्न गएका हुन्छन् । उनीहरुलाई विद्यालयमा वोलाएपनि ए नेताहरु छदैछन नि गरिहाल्छ नि भनेर नेतामाथि नै सवै काम थुपारिदिएको हुन्छ ।

 

सामुदायिक विद्यालयमा पठनपाठन खस्किनुको कारण के त ?
वास्तवमा भन्नुपर्दा सामुदायिक विद्यालय सरकारबाट आएको अनुदानबाट चल्ने भएको छ । यसमा नेपाल सरकारले माध्यमकि शक्षिा सम्म पढाई निःशुल्क हुने व्यवस्था भएपनि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हँदै गएको छ । त्यस्तै गरी सामुदायिक विद्यालयमा पठनपनठन खस्किनुको कारणहरु धेरै छन् । सबभन्दा पहिले त यस विद्यालयहरुमा विभिन्न थरीका अभिभावक हुन्छन् । संघिय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विद्यालयका व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, अभिभावक, र विद्यार्थी यी सबै जनाको आ आफ्नै कानुन भएको हुनाले पनि पढाई खस्किएको हुन सक्छ । नेपालमा स्थानीय तह भएदेखि सामुदायिक विद्यालयलाई स्थानीय तहको जिम्मा दिईएको पाईन्छ । तर स्थानीय तहले आफ्नो नियम कानुन बनाएर पठन पाठनमा सुर्धान खोज्दा राजनितिक दवावको कारण र संघिय शिक्षा ऐन जुधेको कारणले पनि सामुदायिक विद्यालयका पठन पाठनमा अवरोध हुँदै आएको छ ।
त्यस्तै गरी सामुदायिक विद्यालयमा अनुशासन नभएको कारणले पनि पठन पाठन कमजोर भएको देखिन्छ । यति मात्र होईन कि व्यवस्थापन समितिमा शुद्ध अभिभावक हुनुपर्ने ठाँउमा राजनितिककर्मीहरु भाग भण्डा लगाएर आ आफ्नो मान्छेलाई राखेपछि पढाई कसरी राम्रो हुन्छ भनेर ध्यान नदिई कुन शिक्षक कुन पार्टीको हो र उक्त शिक्षकलाई कसरी मानसिक तनाव हुन्छ भनेर मात्र ध्यान दिएको हुन्छ ।
आजकलका विद्यार्थीहरु पनि पढाई भन्दा बढि अन्यत्र ध्यान दिएको कारणले र अभिभावकहरुले आफ्ना विद्यार्थीहरुप्रति पढाईको वारेमा कुनै पनि चासो नराखेको कारणले पनि सामुदायिक विद्यालयको पढाई खस्किएको हो ।
अनुगमनको नहुनु पनि सामुदायिक विद्यालयको पढाई खस्किनुको एउटा कारण हो । पहिला पहिला शिक्षालाई संघियमा राख्दा खेरी जिल्ला शिक्षा कार्यालयबाट अनुगमन गरेपछि पढाईमा कडाई हुने गर्दथ्यिो तर अहिले स्थानीय तहलाई माध्यमकि शक्षिा सम्मको जिम्मा दिईसकेपछि अनुगमन खुकुलो भएको कारणले पनि पठन पाठनमा असर परेको छ । जसको प्रत्यक्ष असर विद्यार्थीमा परेको छ ।

प्रतिक्रिया