Saturday 5th of October 2024

आव बन्ने मधेश सरकार सुशासनयुक्त अनि भ्रष्टाचारमुक्त हुने : नेता साह

0 Shares

धनवीर महतो
गौशाला / अवको बन्ने प्रदेश सरकारले सिंहदरवारको अनुभुति हुने किसिमको कार्यसम्पादन गरि लोकप्रियता कायम गर्नका लागि सफल हुने नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले बताएका छन् ।

बुधबार रेडियो रुपान्तरणको प्रस्तुती रुपान्तरण विमर्शमा कुराकानीको क्रममा नेता साहले भ्रष्टाचारमुक्त सहितको सुशासनको लागि प्रतिवद्ध भई कार्यसम्पादन गर्नका लागि प्रतिवद्ध रहने धारणा राखेका छन् । मधेश प्रदेशका पूर्वमन्त्री समेत रहेका नेता साहले भने पीसी लिएर कमिशनको भरमा गर्दै आएको वजेट वाँडफाँडको सवालमा कुरा नमानेपछि बाध्य भएर सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्नो पार्टीको मन्त्रीहरुले राजिनामा दिई वाहिर निस्किएको जानकारी दिएका छन् ।

संघीय सरकारविरुद्ध आन्दोलन गर्ने मधेश प्रदेशको चेतावनी »::Safal Post ...

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले १० प्रतिशत कमिशन लिई १ अरव ६५ करोड बराबरको वजेट मधेशका पालिकाहरुमा वजेट विनियोजन गर्ने सरकारको योजना असफल पारेको पूर्वमन्त्री साहले बताए । अव मधेशमा टुक्रे योजना नभई ५० लाखभन्दा बढि रकम भएको वजेटमात्र विनियोजन गरिने साहले प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया