Sunday 16th of June 2024

रेडियो रुपान्तरण ८ औं बर्षमा प्रवेश, खोजपत्रकारिताले समुदायको आवाज वुलन्द बनाउनेमा वक्ताहरुको जोड

0 Shares

रुपान्तरण खवर
गौशाला / रुपान्तरण मिडिया प्रा लिद्धारा संचालित १०६.३ मेगाहर्ज आजबाट ७ औं बर्ष पूरा गरेको छ । वि.सं. २०७४ सालबाट महोत्तरीको गौशालामा संचालनमा आएको यस रेडियोले समुदायमा सुचना, सन्देश र मनोरन्जन प्रदान गर्दै आएको छ ।


रेडियो ७ औं बर्ष पूरा गरेको अवसरमा गौशालास्थित रामजानकी ईंगलिश वोर्डिंग स्कुल जीरोमाईलमा वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न गरेका छन् ।

लक्ष्मी महतो कोईरी
प्रतिनिधीसभा सदस्य
सत्य, तथ्य, निष्पक्षमा आधारित सुचना सम्प्रेषण गर्नु पत्रकार र मिडियाको परमधर्म रहेको छ । यसलाई समयसापेक्षमा आधारित भई समाचारमुलक सामग्री सम्प्रेषण गर्नमा कदापी कन्जुसाई नगरौ । दृढ भई मिडियाले सरोकारवाला निकायलाई खबरदारी गर्नुको साथै आवाजविहीनको आवाजको रुपमा निरन्तर रुपमा कार्यसम्पादन गर्नु नै पत्रकारको मुल मर्म रहेकोले यसलाई कदापी विर्सनु हुँदैन् ।

शारदादेवी थापा

प्रदेशसभा सदस्य
पत्रकारले चलाएको कलमबाट पिडितले न्याय पाउने खालको समाचार आजको आवश्यक्ता रहेको छ । समाजको हरेकवर्गले चाहेको सुचना र सन्देशको लागि रेडियो एकमात्र विकल्प रहेकोले यसमा आवद्ध हरेक संचारकर्मीले न्यायको लागि कलम उठाउनुपर्ने आवश्यक छ । रेडियोमार्फत अन्य विषय झै गृहणीहरुको सम्बन्धमा सुचना र सन्देश दिनुपर्ने आजको आवश्यकता रहेको छ । मधेश सरकार संचारजस्तो क्षेत्रमा संयम नहुँदा पत्रकारहरुको वीमाजस्तो कार्यक्रम प्रभावित भएको छ । जुन देशको चौथौ अंगको रुपमा रहेको संचारकर्मीहरु पीडित भएका छन् ।

डा. दिपेन्द्र महतो
मेयर / गौशाला नगरपालिका 
खोजमुलक पत्रकारिता वर्तमान परिवेशको चाहनाको विषय बन्दै गएको समयमा सत्यतथ्यमा आधारित समाचारजन्य सामग्री उत्दान गर्नु नै पत्रकार र मिडियोका परमकर्तव्य रहेको छ । गौशाला नगरको सुचनालाई थप व्यवस्थित बनाई मिडियालाई जानकारी सम्प्रेषण गराउने साधनको रुपमा प्रयोग गर्नुपर्ने आवश्यक्ता रहेको छ । अझ नागरिकमैत्री मिडियाको लागि समाजिकतत्वलाई प्रत्यक्ष अनि स्पष्ट रुपमा मिडियामा ल्याउनु नै एकमात्र उपाय रहेको छ ।

कुशेश्वर सिंह कुशवाहा

वडाअध्यक्ष
मिडिया अनि पत्रकार स्वच्छ भएमात्र समाज परिवर्तनको पथमा लम्किनेछ । यस कार्यमा पत्रकारहरुलाई पित पत्रकारिता नभई सत्य अनि तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु एकमात्र विकल्प रहेको छ । यसलाई मनन गर्दै चौतर्फी रुपमा सरोकारवाला निकायको कदम उठाउनु पर्नेछ ।

विष्णु लामा

नेकपा माओबादी (नेता)
अहिले पनि जन जनमा मिडिया नपुगेको आभास भईरहेको छ । जुन तथ्यलाई चिर्नका लागि मिडियालाई अव समुदायका जानुको विकल्प छैन् । स्वच्छ तवरले पत्रकारिता गर्दा मिडियामाथि जनमानसमा रहेको भ्रमको अन्त्य हुन्छ । अन्यौलको भुमरीको फसेको यस्ता भ्रामक तथ्यलाई चिर्नका लागि स्वच्छ पत्रकारिता गर्नुपर्ने जरुरी देखिन्छ ।

रन्जित कनौजिया

शिक्षाप्रेमी

मिडियाको भुमिकालाई समाजमा टिकाईराख्नका लागि समुदायको अहम आवश्यक छ । सवैले सकारात्मक रुपमा स्वच्छ तवरले सहयोग गरे निश्चित रुपमा मिडिया जनमानसको लागि एउटा उदाहरणीय तत्वको रुपमा स्थापित गर्नेछ ।


कार्यक्रममा रामजानकी वोर्डिग स्कुलका संचालक प्रिन्सिपल उमेश कुशवाहा, भानुभक्त मेमोरियल सेकेन्ड्री स्कुल रामनगरका प्रिन्सिपल राधेश्याम सापकोटा, श्री प्रसाद सिंह मावि औरहीका शिक्षक गोपाल यादव, श्री मावि फुलकाहाका प्रधानाध्यापक धर्मेन्द्र कुशवाहा, रुपान्तरण नेपालका रविन्द्र कुमार महतो लगायतका वक्ताहरुले वर्तमान परिवेशमा मिडियाको सम्बन्धमा चर्चा गरेका थिए ।

प्रतिक्रिया