
धनवीर महतो
गौशाला (महोत्तरीं) / गत दुई साताको अवधिमा मधेश प्रदेशका २ जना पत्रकारहरुको ज्यान गएको छ । सवारी दुर्घटनामा परि घटनास्थलमै ज्यान गएका धनुषाका विनय यादव र शिवेन्द्र रोहिताको मृत्यु भएको छ । रातिको समयमा घटित ती प्रकरण अझ पनि शंकाको घेरामै छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले पत्रकार सवार रहेको मोटरसाईकल दुर्घटना हुँदा यादव र रोहिताको घटनास्थलमै ज्यान गएको पु्ष्टि गरेको छ । जुन रिर्पाटमाथि अझ पनि अनुसन्धान गर्न जरुरी देखिएको पत्रकारितासँग सम्बन्धितपक्षले सराकोरवाला मातहतसँग माग गरेका छन् । पछिल्लो समयमा भएको दुई घटनापछि मधेशका समग्र पत्रकार अनि संचारकर्मीहरु असुरक्षित महसुस गरिरहेका छन् ।
यसै सन्दर्भमा हामीले मधेश प्रदेशका आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवसँग यसै कुराकानी गरेका छौं । प्रस्तुत छ अध्यक्ष यादवसँग सहकर्मी पत्रकार धनवीर महतोले गरेका कुराकानीको अंश……
१) मधेश प्रदेशका होनिहार दुई जना पत्रकार विनय यादव अनि शिवेन्द्र रोहितालाई गुमाएको छ । यस प्रकरणपछि आमसंचार प्राधिकरण मधेश प्रदेशले के गरिरहेका छन् ?
– मधेश प्रदेशले एक महिनाको अन्तरालमा दुई जना होनिहार पत्रकार गुमाएको छ । जुन दुखद छ । जसले हामी सवैलाई शतब्द तुल्याएको छ । हामी अहिले पीडामा छौ । यी दुई घटनालाई प्रहरीको प्रारम्भिक अनुसन्धानले सवारी दुर्घटनाको रुपमा परिभाषित गरिएको छ । जुन कतै न कतै वास्तविकतासँग मेल खाएको देखिदैन् । घटनापछि अनुसन्धानमा प्रहरीले संवेदनशीलता देखाउनमा कन्ज्ुसाई गरेकै हो । अझ सुक्ष्म रुपमा अनुसन्धान गरि वास्तविकता निकाल्नका लागि अझ पनि विभिन्न कोणबाट अनुसन्धान आवश्यक देखिन्छ । जुन सम्बन्धित पक्ष खासै रुपमा गरेको पाईदैन् । सत्य, तथ्य अनि सुक्ष्म रुपमा अनुसन्धान हुनुपर्ने हामीहरुले ती पक्षसँग माग गरेको छौ । यस कार्यको तत्काल आरम्भ गरिदिनका लागि आमसंचार प्राधिकरण मधेश प्रदेशले प्रदेशका डिआईजी, मधेश प्रदेश सरकारका गृह तथा संचार मन्त्रालय लगायत सम्बन्धित सरोकारवाला निकायसमक्ष आग्रह गरेका छौ । हामीहरुको चाहना एउटै छ प्रदेशभरिका पत्रकार, संचारकर्मी अनि संचारगृह सु्रक्षित रहोस् । सरोकारावाला निकायले हामीहरुलाई काम गर्नका लागि सहज वातावरण निर्माण गरिदिओस् ।
२) मधेश प्रदेश सरकारले यस घटनालाई कुन रुपमा लिएको छ ?
-मधेशका मुख्यमन्त्री सरोजकुमार यादव यी दुई पत्रकार मृत्यु प्रकरणपछि निकै नै चिन्तित हुनुहुन्छ । गृह तथा संचारमन्त्री राजकुमार लेखीले राजीनामा बुझाएपछि मन्त्रालयको कार्यभार अहिले उनकै निहितमा छ र्। यी दुई घटनामा परि मधेश प्रदेशका होनिहार पत्रकार गुमाएको पीडा मुख्यमन्त्रीलाई छ । अनुसन्धान सत्य, तथ्य रुपमा अगाडि बढाईदिनका लागि मुख्यमन्त्रीले आफ्ना मातहतका निकायलाई निर्देशन दिईसकेको अवस्था छ । अहिले मधेश प्रदेश मातहतमा सुरक्षा संयन्त्र नहुँदा कामकाज गर्नका लागि अप्ठयारो भएको छ ।
३ं) आमसंचार प्राधिकरणको अवको कदम के कस्ता रहनेछ ?
-आफ्नो मातहतको निकायबाट हुने कार्यसम्पादनका लागि म यस संस्थाको अध्यक्षको हैसियतले भन्नुपर्दा पत्रकार अनि संचारगृहलाई सुरक्षित बनाउनका लागि हरसम्भव प्रयासरत छु । यी दुई घटनालाई सुक्ष्म अनि निष्पक्ष रुपमा छानविन गरिदिनका लागि मधेश प्रदेश, संघिय सरकारका गृहमन्त्रालय लगायत सरोकारवाला निकायसमक्ष जोड्दार माग गर्दछु । पत्रकारलाई रिपोर्टिंग गर्ने वातावरण सिर्जना गरिदिनका लागि ती निकायसमक्ष आव्हान गरेका छौ ।
४) सुरक्षित भई कार्यसम्पादन गर्नका लागि संचारकर्मीलाई कसरी सचेत गराउनुहुन्छ ?
-पेशाप्रति ईमान्दार भई पत्रकारिता धर्मलाई अवलम्बन सवैले अनिवार्य रुपमा गर्ने गरौ । हामीले सेवाको भावना लिई्र कार्यसम्पादन गर्नुपर्ने आवश्यक छ । यसको अलावा निम्न विषयवस्तुउपर जोड दिदा पत्रकारलाई कार्यसम्पादन गर्नका लागि निश्चित रुपमा सहज अनि सुलभ हुनेछ ।
*आफै सचेत भई सुरक्षित रुपमा समाचारजन्य सामग्रीको रिपोर्टिंग गर्ने गरांै । *आचारसंहिताको पूणर् रुपमा पालना गरि आफ्नो दिनचर्यामा परिवर्तन गरांै ।
*प्रायः रातिको समयमा अनावश्यक रुपमा घुमफिर अनि भेटघाट नगरांै । गर्नुपर्ने अत्यन्त आवश्यक भए घरपरिवार, नजिकको साथी, पत्रकार महासंघको पदाधिकारी अनि प्रहरी प्रशासनलाई जानकारी गराई सकभर साथीसँग जाऔं ।
*आफ्नो हुलिया अनि आवातजावत गर्ने समय र वाटो परिवर्तन गर्ने गरौं ।
सत्य, तथ्यमा आधारित सामाचारजन्य सामग्रीहरु सम्प्रेषण गरौं । हरेकले पूणर्रुपमा पत्रकारिताको धर्म निर्वाह गरौं ।
*आफुसँग रहेको पत्रकारिता पहिचान कार्ड वा व्यक्तिगत परिचयपत्र राख्ने गर्रौ ।