महोत्तरीबाट अक्सिजन सिलिण्डर भारततर्फ तस्करी गरेको आरोपमा तीन पक्राउ

गौशाला । महोत्तरीबाट अक्सिजन सिलिण्डर भारततर्फ तस्करी गरेको आरोपमा ३ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ६ का बिपिन चौधरी, धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. २ का ५० वर्षीय दिनेशकुमार शर्मा र वडा नं. ७ का ३६ वर्षीय जारुद्दिन राईन रहेको महोत्तरीका प्रहरी नायब उपरीषक प्रकाश विष्टले जानकारी दिए ।

प्रहरीको गस्ती टोलीले आइतबार राति करिब पौने ११ बजे महोत्तरीको जलेश्वर नगरपालिका–३ स्थित नेपालबाट भारत तर्फ लैजाने प्रयोजनको लागि राखेको ३ थान भरिएको अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको थियो ।

त्यस्तै, सोमबार जलेश्वर नगरपालिका वडा नं. १२ थरुवाही स्थित लुकाइछिपाइ नेपालबाट भारततर्फ प्र.२–०२–००१ च ०३१७ नम्बरको स्कार्पियोमा ७÷७ केजीको दुई थान भरिएको अक्सिजन सिलिण्डर बरामद गरिएको प्रवक्ता विष्टले बताए ।

पक्राउ परेका तिनै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार