नेपाली सेनाले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय खोल्दै

काठमाडौं : नेपाली सेनाले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू)सञ्चालनमा ल्याउने भएको छ।

नेपाली सेनाको समन्वयमा यस्तो विश्वविद्यालय खोल्न लागिएको हो।

एनडीयूलाई ३ वर्षपछि अर्थात् शैक्षिकसत्र ०८०–८१ देखि सञ्चालनमा ल्याउने योजना छ। यसका लागि अहिले पूर्वाधारदेखि पाठ्यपुस्तक निर्माणसम्मका प्राज्ञिक तयारी भइरहेको सेनाले जनाएको छ।

यो विश्वविद्यालयमा स्नातकोत्तर तहबराबरको नेसनल डिफेन्स कोर्षको अध्यापन गराइनेछ। पहिलो लटमा ४० विद्यार्थी भर्ना गर्ने तयारी छ। विद्यार्थीलाई आवासीय सुविधा पनि हुनेछ।

यो कोर्षमा अर्थ, गृह र रक्षा मन्त्रालया सहसचिवसँगै नेपाली सेनाका सहायक रथी सहभागी हुनेछन्। ४ सेमेस्टरमा विभाजन हुने कोर्ष ११ महिनाको हुने बताइएको छ।

एनडीयू काभ्रेको बनेपास्थित पेरुङ्गे वन क्षेत्रमा स्थापना गर्ने तयारी छ। यसका लागि १ सय २० रोपनी जग्गा उपलब्ध भइसकेको छ।

विश्वविद्यालय सञ्चालनका लागि पूर्वाधार निर्माण समिति गठन गरिएको छ।साँघु

प्रतिक्रिया

सम्बन्धित समाचार