Friday 14th of June 2024

औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुन बनाइने

0 Shares

काठमाडौं : सरकारले औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक खेति गर्न सरकारले अनुमति दिने भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेक्रममा अर्थमन्त्री बर्षमान पुनले औषधीय प्रयोजनका लागि गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गरेका हुन्।

अघिल्लो बजेटमा पनि गाजा खेतिका लागि कानुन बनाउने घोषणा गरिएको थियो। गाजा खेति सम्बन्धि विधेयक यस अगाडि सांसद शेरबहादुर तामाङले दर्ता गराएका थिए। तत्कालीन सांसद तामाङले पनि गाँजा खेतीको वैधानिकताको माग गर्दै आएका थिए।

औषधीय प्रयोजनका लागि गाँजा खेतीको अनुमति दिन मापदण्ड बनाउन गृह मन्त्रालयले छलफलसमेत चलाएको थियो। नेपालका विभिन्न भागमा अहिले पनि गाँजा खेती हुने गरेपनि प्रहरीले मास्ने गरेको छ।

प्रतिक्रिया