धनुषामा आफ्नै श्रीमानको हत्या गरेर फरार रहेका श्रीमती सहित ४ जना पक्राउ

जनकपुरधाम । धनुषामा श्रीमानको हत्या गरेर फरार रहेका श्रीमतीसहित चार जना पक्राउ परेका छन् ।

हत्या आरोपमा २३ वर्षीय श्रीमती सुशीलादेवी मण्डल र भाइ अनिल मण्डल पक्राउ गरिएको छ ।

धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्यापछि फरार भएकी श्रीमती र भाइलाई उदयपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नयाव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

उनीहरुलाई भगाउन र लुकाउन संलग्न अन्य २ जनलाई समेत पक्राउ गरिएको मिश्रले बताए ।

देवरसँग भाउजुको अनैतिक सम्बन्धका कारण विवाद हुँदा श्रीमती र भाइहरुले नै शम्भुको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको मिश्रको भनाइ छ ।

गत शुक्रबार राति धारिलो हतियार प्रहार गरी मण्डलको हत्या भएको थियो ।

श्रीमतीद्धारा श्रीमानको बीभत्स हत्या

प्रतिक्रिया

सम्बन्धित समाचार