Thursday 20th of June 2024

प्रदेशलाई आर्थिक हबको रुपमा विकास गर्ने सरकारको घोषणा, कुन प्रदेशलाई के ?

0 Shares

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष प्रदेशलाई आर्थिक हबको रुपमा विकास गरिने घोषणा गरेका छन्।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले नीजि क्षेत्रसँगको समन्वयमा उक्त विशेष्टीकृत आर्थिक केन्द्र बनाउने घोषणा गरेका हुन्।

उनले आगामी वर्ष कोसी प्रदेशलाई उद्योग, मधेश प्रदेशलाई कृषि, बागमती प्रदेशलाई सूचना प्रविधि, गण्डकी प्रदेशलाई पर्यटन, लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यम, कर्णाली प्रदेशलाई जडिबुटी, सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटनको रुपमा आर्थिक हब विकास गरिने घोषणा गरे।

 

अर्थमन्त्री पुनले आर्थिक क्षेत्रका सम्भावनाका क्षेत्रलाई समेटेर एकीकृत विकास अन्तर्गत नमुना विकास गर्ने घोषणा गरे।

प्रतिक्रिया