Tuesday 21st of January 2025

मुख्यमन्त्री सरोज यादवले पाँचौपटक विश्वासको मत लिनका लागि सफल रहने : उपनेता यादव

0 Shares

रुपान्तरण खवर / गौशाला
जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेशका संसदीय दलका उपनेता रामअशिष यादवले मधेश प्रदेशमा आफनै पार्टीले निरन्तर रुपमा सरकार संचालन गरिने धारणा राखेका छन् ।

विहीबार रुपान्तरण विमर्शमा कुराकानीको क्रममा नेता यादवले जेठ २३ गतेका दिन मुख्यमन्त्री सरोजकुमार यादवले पाँचौ पटक विश्वासको मत लिने जानकारी दिएका छन् । सो क्रममा विश्वासको मत सहित प्रदेश सरकार संचालनको लागि सरोजकुमार यादव नेतृत्वको सरकार निरन्तर रुपमा रहने उनले दावी गरेका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई जनता समाजवादी पार्टी नेपालसँगै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाली काँग्रेस, नेकपा समाजवादीका साँसदले समर्थन सहित विश्वासको मत दिएपछि यो सरकार रहि रहने उनको भनाई छ । केन्द्रिय राजनितीक उथलपुथलको प्रभाव प्रदेश सरकारमा परेपछि सोचेअनुसारको प्रगति गर्न प्रादेशिक सरकार असफल रहेको उनले तर्क राखेका छन् । (कुराकानीमा आधारित)

प्रतिक्रिया