रुपान्तरणखवर सम्बाददाता । गौशाला
महोत्तरीको गौशाला नगरपालिकामा प्रहरी, प्रशासनको कारण स्थानीय व्यापारी आक्रोस बनेका छन् । मंगलबार विहान जिल्ला प्रहरी कार्यालय जलेश्वर, जिल्ला प्रशासन कार्यालय जलेश्वर र ईलाका प्रहरी कार्यालय गौशाला र गौशाला नगरपालिकाका प्रतिनिधिहरुको संयुक्त टोलीले वजार अनुगमन गरेका थिए ।
सो क्रममा श्रीराम ईन्टरप्राईजेज गौशालामा अखाद्य तथा म्याद गुज्रिएका सामानहरु वरामद भएको थियो । अनुगमनका क्रममा ती टोलीले डिउ (चिसो पेयपदार्थ) १५ थान, चिल्ली ससेस ७ थान, टोम्याटो ससेस ७ थान, फोरनदाना १५ पीस र डिउ १ कार्टुन,रेडबुल १ कार्टुन भारतिय सामान जफत गरेपछि स्थानीय व्यापारीहरु आक्रोस भएका थिए । व्यापारीहरुको आक्रोसपछि अनुगमनमा आएका टोली बजार अनुगमन नगरी फर्केका थिए । भारतीय सिमा खुल्ला रहेको कारण नेपाल सिमाक्षेत्रका स्थानीयहरु किनमेल गर्न भारतीय सीमामा गई किनमेल गरेको हजारौ उदाहरणहरु छन् । सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुले निर्वाधरुपले पैसाको लेनदेन गरी भारतीय सामान ओसार पोसारमा मद्दत गरेको कारण सिमा क्षेत्रका बजारहरुमा भारतीय सामानहरु पर्याप्त मात्रामा पाईने गर्दछ ।
स्थानीय एक व्यापारीले भने, ‘प्रहरीले सिमा क्षेत्रमा कडाई गरेपछि भारतीय सामग्रीहरु न आए व्यापारी आफैले खरीद गरी ल्याउन कुनै उपाय नै रहदैन । तर सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुले जस्तो देश उस्तै भेष भने झै जस्तो तस्कर छ त्यस्तै किसिमले लाईन दिई सामान ओसार पोसार गर्नमा टेवा पुर्याएको स्थानीय व्यापारीहरुले आरोप लगाएका थिए । प्रहरीले पैसा लिई सामान छाडने गरेको र अर्को तिर बजार अनुगनको नाटक मन्चन गर्दैछन् । ‘
उनीहरुको टिम अनुगमनको वहानामा व्यापारीहरुको सामान जफत गर्ने जस्ता दोहोरो चरित्रको कारण स्थानीय व्यापारीहरु आक्रोस बनेको ती व्यापारीले गुनासो पोखे । प्रहरीहरुलाई आफुलाई आवश्यक परेको बेला त्यही व्यापारीहरुलाई भनसुन गरी तस्करबाट सस्तो सामान खरीद गरी आफ्ना आवश्यकता पुरा गरेको एक व्यापारी बताउँछन् । तर अनुगमनमा आएको बेला भारतीय सामान जफत गरी भन्सार कार्यालय जलेश्वरसम्म पुर्याई वाहवाई लुटने गरेको पाईन्छ ।