Saturday 15th of June 2024

लाेकसभा चुनाव : अहिलेसम्म भाजपा एक्लैले ४८ सिट जित्दा इन्डिया गठबन्धन १७ सिटमा विजयी

0 Shares

भारत /  लोकसभा चुनावमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले एक्लै बहुमत नल्याउने देखिएको छ । अहिले मतगणना चलिरहेको छ । भारतीय चुनाव आयोगका अनुसार अहिलेम्म भाजपाले ४८ सिट जितेकाे छ भने १ सय ९२ सिटमा अग्रता लिएको छ ।

५ सय ४३ सदस्यीय लोकसभामा बहुमतका लागि २ सय ७२ सिट आवश्यक पर्छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले ४ सयभन्दा बढी सिट जित्ने दाबी गरेको थियो । सन् २०१९ मा भएको चुनावमा भाजपाले ३ सय ३ सिट जितेको थियो । अहिले पनि भाजपा नेतृत्वको एनडीए गठबन्धनको बहुमत भने पुग्ने देखिएको छ । अहिलेसम्म एनडीए गठबन्धनले ५२ सिटमा जितेकाे छ भने २ सय ४४ सिटमा अगाडि छ ।

त्यस्तै भारतीय राष्ट्रिय कंग्रेसको अघिल्लो चुनावमा भन्दा सिट सङ्ख्या बढ्ने देखिएको छ । अहिलेसम्म १६ सिट जितेको कंग्रेस ८३ सिटमा अगाडि छ । गएको चुनावमा कंग्रेसले ५२ सिट जितेको थियो । कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले बहुमत पाउने सम्भावना कम छ । अहिलेसम्म इन्डिया गठबन्धनले १७ सिटमा जितेको छ भने २ सय १२ सिटमा अग्रता लिएको छ ।

अहिले कुनै गठबन्धनमा नरहेको ममता बेनर्जी नेतृत्वको तृणमूल कंग्रेसले पश्चिम बङ्गालका ४२ मध्ये २९ सिटमा अग्रता लिइरहेको छ । मतदान सम्पन्न भएलगत्तै आएका १० वटा ‘एग्जिट’ पोलले गरेको प्रक्षेपण विपरीत विपक्षीले राम्रो नतिजा ल्याउने सम्भावना देखिएको हो । यदि भाजपासँग गठबन्धन गरेका एनडीएका साना दलले साथ छाडेमा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनको सरकार बन्न सक्ने अनुमान पनि शुरु भएको छ ।

गएको अप्रिल १९ तारिखदेखि शुरु भएको मतदान सात वटा चरणमा गरी गएको शनिवार सकिएको थियो ।

 

प्रतिक्रिया