Sunday 16th of June 2024

सोनमा गा.पा.मा मोटरसाईकल टुर्घटनामा परी तीन जना घाईते

0 Shares

महोत्तरीको सोनमा गाउँपालिका रघुनाथपुरमा मोटरसाईकल दुर्घटना हँुदा तीन जना घाईते भएको छ ।
सम्सी, मंलगवा सडक खण्ड स्थित सोनमा गाउँपालिका वडा नं. ३ रघुनाथपुर बजार नजिक प्रदेश २–००५ प.८४५३ को टिभीएसको राईडर मोटरसाईकलमा सवार सोनमा गाउँपालिका वडा नं. ५ खैरबनीका पिन्टु सहनी र विपरीत दिशाबाट आउदै गरेको प्रदेश२–००६प९३९८ नम्बरको मोटरसाईकलमा सवार दुई जना जिल्ला सर्लाहीका नाम र वतन खुल्न नसकेको मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाइकलमा सवार तीनै जना घाईते भएको छ । घाईते तिनै जनाको रघुनाथपुर बजार स्थित आरति हस्पीटलमा उपचार भई रहेको जसमध्ये एक जना खैरबन्नीका पिन्टु सहनीलाई थप उपचारका लागी एडभान्स सागरमाथा अस्पताल जनकपुरमा पठाईएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सूर्य बहादुर राणा मगरले जानकारी दिए ।
मगरले घटनाको बारेमा थप अनुसन्धानको कार्य भई रहेको र दुर्घटना परेका दुई वटै मोटरसाईकल प्रहरीका नियन्त्रमा रहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ

प्रतिक्रिया