Saturday 15th of June 2024

महोत्तरीले पाए २ मन्त्री र १ राज्यमन्त्री

0 Shares

धनवीर महतो
महोत्तरी / मधेश प्रदेशका मुख्यमन्त्री सतिश साहले शुक्रवार गरेको मन्त्रीपरिषद विस्तारको क्रममा महोत्तरीबाट ३ जना प्रदेशसभा सदस्यले प्रदेश सरकारको मन्त्री पदमा वहाली पाएका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ, कसलाई कुन मन्त्रालय ?

मधेश प्रदेशका जनकपुरस्थित प्रदेश प्रमुखका कार्यालयले जारी गरेको १४ सदस्यीय नयाँ मन्त्रिमण्डलमा यस जिल्लाबाट तीन जना प्रदेशसभा सदस्यले मन्त्रीमा वहाली भएका हुन् ।


सो विवरणअनुसार भरतप्रसाद साह अर्थमन्त्री, सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास मन्त्रालय र शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्रीको रुपमा सपथ लिएका हुन् । साह, यादव र थापा मधेश प्रदेश सरकारमा यसअघि पनि मन्त्रि बनिसकेका हुन् ।

May be an image of ticket stub and textसाह विना विभागिय मन्त्री, यादव भौतिक पूर्वाधार तथा विकासमन्त्री र थापा गृह तथा संचारराज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

 

प्रतिक्रिया