0
Shares
बर्दिबास । महोत्तरीको बर्दिबासबाट सवारी चालक अनुमति पत्र बनाई दिन्छु भन्दै पैसा असुल गर्ने एक जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.९ बस्ने अं वर्ष २३ को बिमल न्यौपानेलाई गोप्य सुुचनाका आधामा सोमबार ईलाका प्रहरी कार्यलय बर्दिवासले पक्राउ गरेको हो ।
उनी बिभिन्न व्यक्तिहरुसंग गैर कानुनी रुपमा पैसा असुल गरी यातायात व्यवस्था सेवा कार्यालय बर्दिबास महोत्तरीको सवारी चालक अनुमति पत्र बनाई दिन्छु भनि सवारी चालक अनुमति पत्रको प्रवेश पत्रमा किर्ते सहिछाप श्रृजना गरी पास भएको भनी दस्तखत समेत गरी ठगी गरेको थियो ।
पक्राउ पर्ने न्यौपानेलाइ थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक सिंहले बताए ।