Saturday 15th of June 2024

पिछिडावर्गको वर्गिकरणसम्बन्धि छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न ॥

0 Shares

सुनिता महतो
गौशाला / पिछिडावर्गको वर्गिकरणसम्बन्धि छलफल तथा अन्र्तक्रिया कार्यक्रम महोत्तरीको गौशालामा सम्पन्न भएको छ । आईतबार नगरपालिकाको सभाहलमा राष्ट्यि समावेश आयोगले आयोजना गरेको कार्यक्रमकाबीच वक्ताहरुले पिछिडावर्गलाई अन्य आयोगभन्दा फरक ढंगले कार्यसम्पादन गरिनुपर्नेमा जोड दिएका छन् ।

गौशालाका मेयर डा. दिपेन्द्र महतोले नामको मात्र ओविसी (OBC) नभई यसबाट लक्षितवर्गले प्रत्यक्षरुपमा लाभावन्ति हुनुपर्ने धारणा राखेका थिए । मेयर महतोले सरकारले उपलब्ध गराएको जातीय आरक्षणको कोटामा विभेद हुँदै आएकोले यसलाई संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । उपमेयर रेणु महतोले पिछिडावर्गमा समेटिएको ५० वटा जातिको सम्बन्धमा ठोस रुपमा छलफल गर्र्दै निचोडमा पुग्नुपर्नेमा जोड दिएका छन्

आयोगकोतर्फबाट सदस्य पुष्पराज तिमिल्सिनाले प्रस्तुतीकरण गरेका थिए । पिछिडावर्ग तथा मगहीभाषाका अभियन्ता डा. विरवहादुर महतो र संघिय साँसद लक्ष्मी महतो कोईरीको उपस्थिती रहेको थियो ।

सोहीविच पिछिडावर्गको सम्बन्धमा तयार पारिएको पुस्तक समाजका अभियन्ता डा. विरवहादुर महतोले साँसद लक्ष्मी महतोलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया