Sunday 16th of June 2024

अज्ञात समुहले गोली चलाउँदा गौशाला नगरपालिकामा एक जना घाईते

0 Shares

महोत्तरी / गौशालास्थित मरहा नदीमा दिनदहाडै गोली चलेको छ । मोरटसाईकलमा सवार ७,८ जनाको समुहले गोली प्रहार गर्दा गौशाला नगरपालिका ११ का ३५ बर्षिय विनय कुमार महतो (मुरारी) घाईते भएको छ । सोमबार दिउँसोको समयमा खोलाको बाटो हुँदै घरतर्फ फर्किने क्रममा अज्ञात समुहले गोली प्रहार गरेको हो । डाँढमा गोली लागेपछि गम्भीर घाईते भएको विनयको थप उपचारको लागि जनकपुर पठाईएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले जानकारी दिएका छन् ।

https://www.facebook.com/share/v/YxtStd6DJVtcL2po/

प्रतिक्रिया