Saturday 20th of July 2024

भण्टाको डाँठ र फलमा लाग्ने गबारो कीराको व्यवस्थापन कसरी गर्ने ?

0 Shares

काठमाडौं / भण्टा नेपालको तराई र मध्य पहाडको मुख्य तरकारी बाली हो । यस बालीमा लाग्ने विभिन्न कीरा तथा रोगहरुमध्ये डाठ र फलमा लाग्ने गवारी (Leucinocdes orbonalis Guenee) सबैभन्दा ठूलो समस्याको रुपमा देखा परेको छ । यसले भण्टाको उत्पादनमा २० देखी ८०% सम्म नोक्सानी पुयाएको पाइन्छ ।

यसको व्यवस्थापनमा अनियन्त्रित रुपमा प्रयोग भईरहेका घातक विषादीको कारण वातावरण र मानव स्वास्थ्यमा गम्भिर असर पर्नुको साथै उत्पादन खर्चमा वृद्धि भई खुद नाफा कम हुन गएको छ । तसर्थ वातावरण मैत्री तथा आर्थिक सामाजिक परिपेक्ष सुहाउदो वैकल्पिक कीट व्यवस्थापन विधिको विकासको लागि बिगत वर्षहरुमा गरिएका परिक्षणहरुको नतिजाको आधारमा विकसित प्रविधि तल वर्णन गरिएको छ ।

जीवनी र क्षती

पोथी कीराले कलिला पात, मुना वा पत्रदलमा प्रायः अलग अलग दुधिलो सेतो रडको फूल पार्दछ । फूलबाट गर्मीमा ३-५ दिन र जाडोमा ७-८ दिनमा सेता लार्भाहर निस्कि डाँठको मुन्टा वा फलमा प्वाल पारी खान थाल्छन्, फलस्वरुप मुन्टा ओईलाई मर्दछ र फल काम नलाग्ने गरी नोक्सान हुन्छ ।

लाभल ४-५ पटक काँचुली फेरी जाडोमा १४-२२ दिन र गर्मीमा १२-१५ दिनमा फल र डाँठबाट निस्कि सुकेका पात वा मुन्टा वा जमिनमा रहेका पातपतिङ्गरमा गई अचल अवस्था (प्यपा) गुजार्दछन् । छिप्पिएका लाभाको रङ्ग गुलाबी र प्यूपाको रङ आफू बस्ने वातावरणसँग मिल्दो जुल्दो हुन्छ । प्युपा मौसम अनुसार करिब ६ देखी १७ दिनमा सेतो रङ्गको पुतलीमा परिणत हुन्छन् । पुतलीहरू रातमा सक्रिय हुन्छन् । यिनीहरुको एउटा जिवनचक साधरणतया एक महिनामा पुरा हुन्छ र एक वर्षमा ५ पुस्तासम्म पाईएको छ ।

एकीकृत व्यवस्थापन प्रविधि

कीराको सक्रियता थाहा पाई राख्न फेरोमोन पासोको प्रयोग तथा एक एक हप्ताको अन्तरालमा बालीमा क्षतीको अनुगमन गरीरहनु पर्दछ । यस कीराको सफल व्यवस्थापनको लागि प्रभावकारी पाईएका तल उल्लेखित विधिहरु एकीकृत रुपमा अपनाउनु पर्दछ ।

१. सकेसम्म नर्सरी जालीदार घरमा तयार गर्ने र नर्सरीबाट मुल खेतमा विरुवा सार्दा बिरुवालाई स्पाइनोस्याडको ०.००५ प्रतिशत झोलमा डुबाई सानै

२. गवारीको कारण ओईलाएका मुन्टा, पात तथा फल टिपी करीब एक फट गहिरो खाडलमापुर्नेर्ने वा जलाउने । साथै फल फल्न छाडेका पुरानो बोटहरु नयाँ बालीमा कीराको प्रमुख श्रोत भएको हुँदा तिनलाई जलाई वा खाडलमा पूरी व्यवस्थापन गर्नु पर्दछ ।

३. दश-दश मिटरको दुरीमा यस कीराको फेरोमोन पासोमा ल्युसिन ल्युर (Locin-lure) राखी भालेहरुलाई आकर्षित गरी नष्ट गर्ने ।

खुमलटार र परवानीपुरमा गरिएको विभिन्न विषादीहरुको तुलनात्मक अध्ययनमा जैविक श्रीतबाट बनाईएको वातावरणमैत्री विषादी स्पाइनोस्याड ट्रेसर ४५. एस.सि. ०.३ मि.लि./ लिटर पानीको दरमा प्रयोग गर्दा निकै प्रभावकारी पाईयो । साथै परवानीपुरमा गरिएको एकीकृत व्यवस्थापन विधिको प्रमाणिकरणमा समेत कृषकको तरिका (दश- दश दिनको अन्तरालमा अल्फामेथ्रिन विषादीको प्रयोग र उपचार नगरिएकोको तुलनामा एकीकृत व्यवस्थापन बिधिमा डाँठ र फलमा कीराको नोक्सानीमा कमी तथा उत्पादनमा वृद्धि भएको पाइयो ।

एकीकृत व्यवस्थापन विधि अन्तर्गत एक-एक हप्तामा अनुगमन गरी कीरा लागेका मुन्टा र फल टिपी नष्ट गरिएको, भण्टा रोपेदेखि अन्तिम टिपाईसम्म हरेक १५ /१५ दिनमा ल्युसिन फेदै १०/१० मिटरको दुरीमा ओटा-टि (Wota-T) ट्यापमा साबुन पानीको झोल ४-५ से.मी. राखी प्रयोग गरिएको तथा कीराको संख्या बढ्न थालेपछि स्पाइनोस्याड ४५ एस.सि. ०.३ मि.लि. /लिटर पानीको दरले प्रयोग गरिएको थियो ।

प्रतिक्रिया