Saturday 20th of July 2024

जसपा नेपाल महाधिवेशन : मतदान नहुने, सहमतिबाट नेतृत्वको नाम टुंग्याउने जिम्मा अध्यक्ष यादवलाई

0 Shares

काठमाडौँ — जनता समाजवादी पार्टी नेपालको पहिलो महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि बिहीबारका लागि तय भएको मतदान प्रक्रिया स्थिगत गरी सहमतिबाट चयन गर्ने निर्णय भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको घोणापत्र - YouTube

सबै पदमा सहमतिबाट पदाधिकारी चयनको जिम्मा महाधिवेशन प्रतिनिधिहरुले अध्यक्ष उपेन्द्र यादवलाई दिएका छन् । अब अध्यक्ष यादवले पार्टीका वरिष्ठ नेताहरूसँगको समूहमा छलफल गरी सबै पदमा सहमतिबाट चयन गर्ने महाधिवेशन प्रतिनिधि महेश चौरसियाले जानकारी दिए । अध्यक्ष यादवको सचिवालयमा समेत रहेका चौरसियाका अनुसार अब अध्यक्षले पार्टीका नेताहरूबीच छलफल गर्ने नाम तय भएपछि महाधिवेशन हलबाट त्यसालाई अनुमोदन गरिने छ ।

जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आजबाट - चौतारी पोष्ट अनलाइन ...

केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय निकायहरुको बिहीबार मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म मतदान हुने तय गरिएको थियो । बुधबार उम्मेदवारीका लागि तोकिएको समयमा अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष चुनिए । तर अध्यक्षबाहेकका पदमा भने नेताहरुबीच तीव्र प्रतिस्पर्धा थियो । जसपा नेपालमा २१ जना पदाधिकारीसहित २ सय १ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ ।

समाजवादी युवा संघ नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न, अध्यक्षमा ...

एकजना सहअध्यक्ष पदका लागि राजकिशोर यादव, मो. लालबाबु राउत र रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका थिए । यस्तै चारजना पुरुष उपाध्यक्षका लागि मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, सरोजकुमार यादव, अर्जुन थापा, अमरेशनारायण झा, मो. खालिद, गोविन्द चौधरी, आङदेङ शेर्पा, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, शिवलाल थापामगर सहितका १७ जनाले मनोनयन दर्ता गराएका थिए। एकजना महिला उपाध्यक्ष पदका लागि रेखा यादव, लिलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सबिता यादव र राधा थापा गरी ६ जनाले उम्मेदवारी दिएका थिए ।

जसपा नेपालको महाधिवेशनमा राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरू ...

२ जना महासचिवका लागि मनिषकुमार सुमन, रामकुमार शर्मा, बोमबहादुर दर्लामी मगर, विजयकुमार, दीपक कार्की र अशोककुमार यादव ६ जनाले मनोनयन दर्ता गराएका थिए । एक महिला र २ पुरुष उपमहासचिव पदका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

May be an image of text that says 'प.में.: च.नं.: जनता समाजवादी पार्टी, नेपाल PEOPLE'S SOCIALIST PARTY NEPAL केन्ट्रीय निर्वाचन, तद्य समिति बालकरमारी, ललितपुर मिति ૨०૬੧।੦२।३१ विषय: बांकी निर्वाचन कार्य रद्द गरेको सम्बनमा उपरोक्त सम्बन्मा जनता समाजवादी पार्टी, नेपालको एकताको राष्ट्र्य महाधिवेशनवाट केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय निकायहर्ुको निर्वाचन कार्यको लागि केन्द्रीय निर्वाचन समितिद्ारा निकालिएको तालिका समयमित्र मनोनयन पत्र दर्ता गराउने प्रतिनिधिज्यूहरु आपसी सहमतिअनुसार एकस्वरमा सम्पूर्ण उम्मेदवारी फिर्ता लिई सम्पूर्ण निर्णय गर्ने, मनोनयन गर्ने अधिकार जनता समाजवादी पार्टी, नेपालको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव ज्यूलाई सुम्पेकोले निर्वाचनको सम्पूर्ण कार्य रद् गरिएको सवै प्रतिनिधि पार्टी प्रमिहरुलाई जानकारी गराइन्छ। मो. समिम अख्नतर अली निर्वाचन संयोजक'

२०१ पदका लागि तीनसय भन्दा बढीको उम्मेदवारी परेको थियो । मतदानबाट चयन गर्दा एउटै भूगोल र समुदायको मात्र चयन हुनेभएकाले पार्टीलाई समावेशी बनाउनका लागि सहमतिबाट नेतृत्व चयन गर्नेपर्ने घोषणा अध्यक्ष यावदले गरेका थिए ।

प्रतिक्रिया