गौशाला : महोत्तरीको प्रमुख व्यापारी केन्द्रहरुमध्ये औरही वजार एक चर्चित वजार रहेको छ । करिब ८० बर्ष पुरानो ईतिहास कायम गर्न सफल रहेको यस वजारको आफनै विशेषता रहेको छ । जिल्लाको पुर्वीक्षेत्रका सेवाग्राहीहरु आर्थिक कारोवार गर्ने यस बजारमा फितलो व्यवस्थापनको कारण जीर्ण बन्दै गएको छ । जिल्ला सदरमुकाम जलेश्वर देखि वर्दिवास जोडने लोकमार्ग अन्र्तगत पर्ने औरही बजार यस क्षेत्रका लागि प्रसिद्ध रहेको छ ।
वर्दिवास जलेश्वर सडकखण्डको छेउमै रहेको छ औरही बजार । पुरानो एवम् एक ईतिहास बनाउन सफल भएका औरही वजार पछिल्लो समयमा आएर कुरुप बन्दै गएको छ । कुनै समय व्यवस्थितको रुपमा बजार आर्थिक कारोवारका निम्ति छिमेकी जिल्लामा प्रसिद्ध कमाएका थिए ।
औरही नगरपालिका वडा नं. १ मा लाग्ने यो वजारको संरक्षण एवम सम्बद्र्धनको जिम्मेवारी श्रीप्रसाद सिंह माध्यमिक विद्यालयले पाएका छन् । वजारको ठेक्का लगाउने कार्य एवम वजारको आम्दानीको उपयोग गर्दै आएका छन । विद्यालयले सो रकमले आन्तरिक व्यवस्थापन गर्नुको साथै निजीतहका शिक्षकहरु नियुक्त गरि पठनपाठनको व्यवस्थापन गराउँदै आएका छन । जुन सहारनीय कार्य रहेको छ ।
प्रस्तुत छ यसैसन्दर्भमा रुपान्तरण अनलाईनका लागि पत्रकार धनवीर महतोले तयार गरिएको यो एक सामग्री ः
नगरपालिकाले अहिले पनि पहल गरियोस ः जसपा नेता, दरेश यादव
वजार विकासको लागि स्थानियतहको भुमिका महत्वपुर्ण रहेको छ । नगरपालिकाले समयमा ध्यान नदिएकै कारण बजारमा उपभोक्ता ठगिदैछन भने सेवाग्राहीहरु दुखित भई घर गईरहेको पाईएको छ । वटटी दररेटको सवाल त एउटा उदाहरण मात्र रहेको छ । यदि नगरपालिका लगायतका सम्बन्धित निकायले सुक्ष्म रुपमा अनुगमन गर्ने हो भने अनेकौ वेथितीहरु बजारबाट वाहिर आउछ । उपमेयरको नेतृत्वमा अनुगमन समिती गठन नभएकै कारण वजारक्षेत्र सोचे अनुसारको विकास हुन सकेको छैन ।
सरोकारवालापक्षले समयमै ध्यान नदिदा बजारको विकास हुन सकेन ः रामबाबु चौधरी, नेकपा माओवादी केन्द्रका युवा नेता
औरही वजारको चौतर्फी विकास नहुनुको पछाडि नगरपालिकाको कार्यालय, विद्यालय परिवार, जनप्रतिनिधी मुख्य जिम्मेवार रहेको छ । बर्षौ पुरानो बजार संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । वजार विकासका निम्ति कुनैपक्ष सक्रिय भुमिका निर्वाह गर्न सकेका छैन । यसभन्दा अगाडि आफुहरुले औरही वजार विकासका निम्ति नगरप्रमुख सुनिल यादवलाई डेलिगेशन समेत बुझाएका थिए तर कुनै सुनवाई भएन । अन्ततः आवश्यक पूर्वाधार निर्माणको माग गर्दै २ करोड वरावर वजेट उपलब्ध गराउनका लागि नगरपालिकासँग माग गरिएको प्रयास असफल भयो । अहिले बर्षायाममा वजारक्षेत्र हिलोमय हुन्छ जहाँ बसि सेवाग्राहीहरुलाई कारोबार गर्न बाध्यता रहेको छ ।
बजार बचाउन जे गर्न पनि तयार हुनुपर्छ ः युवा नेता सरोज यादव
औरही बजारलाई संरक्षण एवम सम्बद्र्धन गर्नका निम्ति स्थानिय युवाहरु हरसम्भव प्रयासरत रहेका छन । चाहे भौतिक पूर्वाधारको सवाल होस चाहे वजार संरक्षण एवम सुरक्षाको सवाल होस हामीहरु प्रयासरत रहेका छौ । यसमा हामी युवाहरु राजनितीकरण नगरिकन अगाडि बढनुपर्छ । हामी युवाहरु परिवर्तनको सम्वाहक भएको नाताले परिवर्तनको पथमा अगाडि बढनुको विकल्प छैन । यस वजारलाई आकर्षण केन्द्रको रुपमा स्थापित गर्नका निम्ति सवैले हातेमाले गर्दै अगाडि बढौ ।
निर्धारित वटटी दरमात्र उठाओस ः कपडा व्यवसायी, राजेश साह
पछिल्लो समयमा आएर टाढाटाढाबाट बजार भर्न आएकाहरु खुलेआम रुपमा ठगिदै छन । ठेकदार पक्षका व्यक्तिहरु जर्वजस्ती पैसा असुल्न थालेपछि बजार विकर्षणको रुपमा परिचित हुन थालेका छन । वजारमा आवश्यक भौतिक पूर्वाधारको अभाव, निर्धारित दररेटभन्दा दोव्वर रकम वटटी वापत असुल्ने कार्यमा ठेकेदारपक्ष उत्रिने घटनाले पहिलेभन्दा अहिले व्यापारी र व्यवसायीहरु यस वजारको विकल्प खोज्न थालेका छन । वजारको विभिन्न स्थानमा विद्यालयले सार्वजानिककरण गरिएको वटटी दररेटभन्दा वढि रकम खुद्रा व्यापारीसँग असुल्दै आएकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस । हाल बजारमा सानो कपडा पसलको २५ रुपैयाँ भएपनि ठेकेदारले ५० रुपैयाँ, ठुलो कपडा पसलको ५० रुपैयाँ निर्धारण भएकोमा १ सय रुपैयाँ जर्वजस्ती असुल गरेपछि व्यवसायीहरु बजारमा कारोबार गर्नका लागि त्रसिदै छन ।
समस्याको समाधान नहुँदा व्यवसायी निराश ः तरकारी व्यवसायी, निरसी देवी महतो
तरकारी विक्री गर्नका लागि आउने किसानहरु पिडित रहेका छन । दिनभरि चर्को घाममा तथा वर्षायाममा हिलोमा वसि तरकारी वेच्ने किसानहरुको तर्फ कसैको ध्यान गएको छैन । मारमा परेका व्यापारी र व्यवसायीहरुको सम्बन्धमा कसैको ध्यान पुग्न सकेको छैन । जुन दुःखद रहेको छ । वजारबाट वटटी उठाएर लगेको रकमबाट कम्तीमा तरकारी वेच्ने स्थानलाई व्यवस्थित गर्नुपर्ने आवश्यक रहेको छ । कम से कम किसान र उपभोक्तालाई वस्ने वातावरणको सिर्जना गर्नुपर्छ ।
बजार ठेक्का सम्बन्धमा जानकारी छैन ः कोषाध्यक्ष रामपुकार साह, औरही उद्योग वाणिज्य संघ
गत चैत १४ गते यस आर्थिक बर्ष २०७७/०७८ को लागि लगाईएको वजार ठेक्काको सम्बन्धमा आफुहरुलाई जानकारी छैन । अहिले आएर वजारमा वटटीको विषय लगायतका अन्य समस्याको सम्बन्धमा आफुहरु चाहेर पनि समाधान गर्ने अवस्थामा छैनौ ।
जग्गा व्यवस्थापन नहुँदा बजारको विकास हुन सकेन, विद्यालय व्यवस्थापन समितीका पूर्वअध्यक्ष नरेन्द्र यादव
आफु श्रीप्रसाद सिंह मावि औरहीको विद्यालय व्यवस्थापन समितीमा रहदा जग्गा व्यवस्थापनको निम्ति अनेकौ पटक गरेको प्रयास असफल भयो । जग्गा व्यवस्थापनको निम्ति सरोकारवाला निकायको सकारात्मक सोच र पहलको आवश्यक थियो तर आफुले आफनो कार्यकालमा समाजबाट त्यस्तो पाउन सकेन । बर्षौ पहिले दानमा पाएका औरहीको तरकारीको वजारको जग्गा जग्गादाताले विक्री गरेयता वजारमा जग्गाको अभाव खटकिदै आएको छ । विद्यालयले यसभन्दा अगाडि वजारको अव्यवस्थित जग्गालाई व्यवस्थित गरि एक करोड बराबरको रकम उठाएको थियो ।
वटटी दररेट सार्वजानिक रुपमै उल्लेख छ ः प्रधानाध्यापक, शिवशरण यादव
वजारको हरेक सार्वजानिक स्थानमा वटटी दररेट उल्लेख रहेका छन । उपभोक्ता र वजारका व्यवसायी र व्यापारीलाई यसतर्फ ध्यान दिनु आवश्यक छ । दररेट पारदर्शी रुपमा उल्लेख रहेकोले वजारमा उपभोक्ताहरु ठगिन थालेपछि बजारमा कुनै किसिमको समस्या आए तत्कालै समाधान गर्नेतर्फ कदम उठाउनु पर्नेछ ।
वजारमा राजनितीक हावी रहेको छ ः नगरप्रमुख सुनिल यादव
वजारमा राजनिती हावी भएको छ, जसको कारण पुरानो ईतिहास बोकेको वजार अहिले लथालिंग अवस्थामा आएको छ । पछि हालसम्म विकसित हुन नसकेको धारणा राख्नुभयो । नगरपालिकाकोतर्फबाट आफनो नेतृत्वमा वजार अनुगमन गर्न निस्किएको टोलीलाई व्यापारी व्यवसायीले अवरोध गरेको नगरप्रमुख यादवले बताउनुभयो । आफु पदमा रहेपनि नरहेपनि सो सरोकारको विषय होईन तर वजार विकासको निम्ति आफनो दुर्गगामी सोच हमेशा राख्दै आएकोले वजार विकासका निम्ती आफु सकारात्मक सोच रहने नगरप्रमुख यादवले प्रतिवद्ध जनाउनुभयो ।
वजार भनेको उपभोक्ता, ग्राहक र सेवाग्राहीको साझा थलो हो । तसर्थ यसको विकास अनि सम्बद्र्धनको लागि हरेकले हातेमालो गर्दै सकारात्मक कदम अगाडि बढाऔ । जिल्लाकै पुरानो वजारमध्ये एक रहेको यस बजारमा भौतिक पूर्वाधार, नागरिक वडापत्र, खानेपानीजस्ता आवश्यक सुविधाहरुको अपुग रहेको छ । जुन एउटा व्यवसायिक संस्था वा सार्वजानिकस्थलमा हुनुपर्ने अत्यन्त आवश्यक पूर्वाधारहरु रहेका छन । पछिल्लो समयमा आएर वजारमा रहेको वेथिती, विसंगति अनि विग्रदो वातावरणलाई सुधारोन्मुखतर्फ लैजाने हो भने औरही वजार पनि अन्य बजारको तुलनामा उत्कृष्ट एवम प्रशंसालायक बजार रहनेछ । वजार विकासको लागि राजनितीक नगरौ, आवश्यक सक्दोमात्रामा सकारात्मक मात्रामा सहयोग गरौ अनि बजारबाट आएको आम्दानीले नगरवासी आर्थिक रुपमा सवल बनौ ।