Saturday 20th of July 2024

सम्सी गाउँपालिकामा फोहोरले स्वागत गदैछन् पर्यटकलाई, पालिका प्रमुख भन्छन सरसफाईतर्फ हामी चुके कै हो

0 Shares

महोत्तरीको सम्सी गाउँपालिकामा भारतीय पर्यटकलाई नेपालतर्फ भित्रिने गन्तव्यस्थलको रुपमा सम्सी नाकालाई चिन्ने गर्दछ । नेपालतर्फ आउने विदेशी अतिथी अनि पाहुनाहरु सम्सी गाँउपालिका वडा नं. ६ को वोर्डर जाने वाटो हुँदै नेपाल आउने गर्दछ । सम्सीको शंकर चौकदेखि पालिकासम्म आउने मुख्य सडकको विचमा पर्दछ वडा नं. ६ को कार्यालय । वडा कार्यालयसँग टाँसिएको सार्वजानिक स्थल अहिले फोहोरले भरिभराउ रहेको । जुन स्थान पार गर्नका लागि जो कोही लाई नाक थुनेर ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेकोछ । बर्षभरि नै सम्सी गाँउपालिकाको कार्यालयको वेवास्ताको कारण पालिका नै फोहोरको कारण कुरुप बन्दै गएको स्थानियहरुको भनाई रहेको छ । पालिकाले सरसफाईतर्फ कर्मचारीको बन्दोबस्त नगरेपछि पालिकाभरिका विभिन्न सार्वजानिक स्थलहरु अहिले फोहोरमय बन्दै गएको छ ।

वडा नं. ६ को कार्यालय छेउमा फोहोरको ठूलो थुप्रो रहेको छ । मुख्य सडकसँगै जोडिएको यो स्थल सार्वजानिक भएतापनि उचित रेखदेख, नियमित सरसफाई अनि रेखदेखको अभावमा जो सुकै नै जुनसुकै वेला त्यहाँ घरको फोहोर राख्दै आएको छ । दैनिक हजारौ मान्छे ओहोरदोहोर गर्ने जो सुकैलाई त्यहाँ दुर्गन्धको कारण नाक थुनेर सडक पार गर्नुपर्ने वाध्यता रहेको छ । वस्तीको विचमा पर्ने सो सार्वजानिक स्थलको फोहोर हटाउनका लागि सरोकारबाला निकाय वास्ता नगरेको स्थानियहरुको भनाई रहेको छ ।
नियमित सरसफाई अनि उचित सरक्षणको अभावका वडा कार्यालयको छेउमै पर्ने सो स्थान फोहोरमय बन्दै गएको वडा नं. ६ का वडाअध्यक्ष शेख उमरैदले स्वीकार गरेका छन् । पालिकाले सरसफाई शिर्षकमा वजेट नछुटयाएदिएपछि वडाका महत्वपूर्ण स्थानहरु अहिले यसरी नै कुरुप रहेको वडाअध्यक्ष उमैदले बताए ।
पालिकाका अध्यक्ष रामनाथ यादवका अनुसार सरसफाईतर्फ कर्मचारी नियुक्त समयमा गर्न नसकेको कारण पालिका क्रमिक रुपमा फोहोरमय अनि कुरुप बन्दै गएको बताएका छन् । पालिकाले सार्वजानिकस्थलको सरसफाईमा चुकेको अध्यक्ष यादवले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया