Saturday 20th of July 2024

महोत्तरीको गौशाला बजारमा दिनदहाडै चोरी ।।

0 Shares

महोत्तरीको गौशाला बजारमा दिनदहाडै चोरी भएको छ ।
आज विहान ६ बजे गौशाला बजारमा संचालित बन्दना हस्पीटलको औषधी पसलमा चोरी भएको छ । हरेक विहान झै आज विहान पनी हस्पीटलका संचालक विपिन बिहारी यादवका आफन्तले औषधी पसल खोलेर विद्यालय पढन गए यता संचालक केही बेर पछि पुजा गर्न पसलमा आएपछि पुजा कोठामा भएको घण्टी, अगरवत्ति स्टेण्ड नदेखेपछि पक्कै पसलमा केही भएको आशंका लागे पछि पसलमा भएको सिसिटिभी क्यामरा चेकजाँच गर्दा वर्ष १३–१४ वर्षका युवकले पटक पटक पैसा राख्ने दराज तिर खोल्ने प्रयास गर्छ तर दराज लक भएको कारण पैसा हात नपरे पछि उत्तर तर्फको सटरतिर बाट पसलको ¥याकमा राखेको आँखाको ड्रप र केही महगो औषधी गरी अनुमानित सात,आठ हजार बराबरको औषधी चोरेर लगेको संचालक यादवले बताए ।
यादवले भन्नुभयो चोरी गर्ने युवक गौशाला नगरपालिका वडा नं. ५ मुस्लीम टोलका अहमद भएको केही स्थानीय युवकहरुले बताए ।
यता प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सुर्य बहादुर राना मगरले बताए

प्रतिक्रिया