Saturday 20th of July 2024

आगलागीबाट बारामा १५ लाखको धनमाल जलेर नष्ट

0 Shares

बाराको निजगढस्थित सिंगौलमा सोमबार दिउँसो आगलागी हुँदा १५ लाख रुपैयाँबराबराको क्षति भएको छ। निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलमा भएको आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ।

ईलाका प्रहरी कार्यालय निजगढका निरीक्षक सुमित कुशवाहाका अनुसार स्थानीय लिलाधर सापकोटाको घरमा दिउसो १ः३० बजेतिर आगो लागेको हो।

भैंसीलाई कुँडो पकाउने क्रममा अचानक आगो सल्किएर घरगोठमा राखिएको अन्नपात, लत्ताकपडा, भाँडाबर्तन र काठपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीको खबर पाएलगत्तै अस्थायी प्रहरी पोष्ट सिंगौल र ईलाका प्रहरी कार्यालय निजगढबाट गएको प्रहरी टोलीसंगै सशस्त्र प्रहरीको विपद वेसक्याम्प निजगढको टोली, स्थानीय र निजगढ नगरपालिकाको दमकलको मद्दतमा दिउँसो २ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट मानवीय क्षति नभएको प्रहरी निरीक्षक कुशवाहाले जानकारी दिए।

प्रतिक्रिया