Saturday 20th of July 2024

मटिहानीको बजेट ४० करोडभन्दा बढि

0 Shares

धनवीर महतो
महोत्तरी / ४० करोडभन्दा वढिको बजेट मटिहानी नगरपालिका १३ औ नगरसभाको आयोजना गरि आर्थिक बर्ष २०८१०८२ को लागि बार्षिक बजेट प्रस्तुत गरेका छन् । बुधबार एक समरोहकाबीच मटिहानीका मेयर हरिप्रसाद मण्डलले ४० करोड २७ लाख ६२ हजार बराबरको वजेट सार्वजानिक गरेको हो ।


प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहको प्रमुख आतिथ्यमा सो वजेट प्रस्तुत गरेका हुन् । वजेट प्रस्तुत गर्ने क्रममा मेयर मण्डलले नगरभरिका मखान खेतीलाई प्रर्वद्धन गर्ने किसिमको कृषि योजना रहेको सुनाएका छन् । सोही अनुरुप मखान खेतीलाई निरन्तरता दिई यसको व्रान्डिंग गर्ने उद्देश्यले यसबर्षको वजेट विनियोजन गरिएको मेयर मण्डलले घोषणा गरिएको वजेट नितीमा उल्लेख रहेका छन् ।
१५ पालिका रहेको जिल्लामा आज एकसाथ मटिहानी नगरपालिका र महोत्तरी गाँउपालिकाले वजेट प्रस्तुत गरिरहेका छन् ।

प्रतिक्रिया