Saturday 12th of October 2024

राज्य मन्त्री कुशवाहाद्वारा कोरोना संक्रमणबाट सचेत रहन अनुरोध

0 Shares

जनकपुरधाम : प्रदेश २ का आन्तिरक मामिला तथा कानुन राज्य मन्त्रि सरोज सिंह कुशवाहाले   दोश्रो चरणको कोरोना संक्रमणबाट सचेत रहन आग्रह गरेका छन् ।

यस कोरोनाको जोखिमवाट बच्न मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न, साबुनपानीले हात धुन, भीडभाड भएको ठाउँमा नजान तथा नगर्न र अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्कन समेत अनुरोध गरेको छ ।

यसो हुनुमा हामी आफैैं संक्रमणवाट जोगिन अप्नाउनुपर्ने उपायलाई गम्भीरतापूर्वक पालना गरिरहेका छैनौै ।’ राज्य मन्त्रि कुशवाहाले संक्रमण फैलिन नदिन सचेत बन्नुपर्ने बताएका छन् ।
आफ्नो फेसबुक मा समेत सेयर गरेका छन् । ‘यस अवस्थामा आफू र अरुलाई पनि संक्रमणवाट बचाउन हाम्रो पहिलो कर्तव्य र दायित्व हुन आउँछ ।

संक्रमणवाट आफु पनि बच्न र अरुलाई पनि बचाउन हाम्रो दैनिकीमा पनि हामीले संयमित मर्यादित हुनु जरुरी भएको छ ।’ कोरोनाको प्रकोपको संक्रमणकालमा राहतको विभिन्न सेवा प्रदान गरेको जानकारी दिँदै अहिलेको विषम परिस्थितिमा पनि प्रदेश २ सरकारबाट आफ्नो नियमित सेवामा कटिबद्व रहेको उल्लेख छ ।

त्यस्तै, राज्य मन्त्रि कुशवाहाले कुनै समस्या र अप्ठ्यारो भएमा जानकारी गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया