धनवीर महतो
महोत्तरी / नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले जारी गरेको मतदाता नामावलीप्रति मधेश प्रदेशका जिल्ला शाखाहरुको ध्यानाकर्षण भएको छ । मधेश प्रदेशका छ वटा जिल्ला अध्यक्ष अनि धनुषा तथा महोत्तरीको सचिवले संयुक्त रुपमा जारी गरिएको प्रेस विज्ञप्तिमा केन्द्रिय निर्वाचन समितिले सार्वजानिक गरिएको मतदाता नामावली विधान अनुरुप नरहेको ठहर गरेको छ ।
पत्रकार महासंघको सुर्खेतमा सम्पन्न भएको सधारणसभाले सदस्यता शुद्धिकरण गर्न दिएको निर्देशन अनुरुप जिल्ला शाखाले कडा मेहनेत गरेर पठाएको नामाबलीलाई वेवास्ता गर्दै प्रकाशन गरिएको नामाबलीप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव राजकरण महतोले बताएका छन् । सदस्यता शुद्धिकरण गरि पठाएपनि केन्द्रले आफुखुशी ढंगले सदस्यता थप गरि निर्वाचन समितिलाई नामाबली बुझाउनु विधानको वर्खिलाप रहेको सो प्रेस विज्ञप्तिमा उल्लेख रहेका छन् । महिना दिन अगाडि प्रकाशन गरिएको नामबाली उपर विभिन्न चरणमा गरि विरोध भएपछि केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले आधिकारिक नभएको भन्दै नामावली सच्याउने प्रतिवद्धता जनाएको र सो प्रतिवद्धताबाट केन्द्रिय अध्यक्ष पोखरेल पछाडि हटेको सो विज्ञप्तिमा उल्लेख रहेको छ ।
संशोधन नगरिकन नामावली प्रकाशन नगरेसम्म यथावस्थामा मधेश प्रदेशमा निर्वाचन गराउन नसक्ने सो विज्ञप्तिमार्फत जानकारी गराईएको छ । सो प्रेस विज्ञप्तिमा सप्तरीका अध्यक्ष श्रवणकुमार देव, सिरहाका अध्यक्ष मनोजकुमार वनैता, सर्लाहीका अध्यक्ष टंक वहादुर क्षेत्री, रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, बाराका अध्यक्ष रेशम तिवारी र पर्साका अध्यक्ष अनुप तिवारीको हस्ताक्षर रहेका छन् । त्यस्तै महोत्तरीका सचिव राजकरण महतो र धनुषाका सचिव बटुकनाथ झाको हस्ताक्षर रहेको छ ।