Friday 20th of September 2024

असई थमन विकको हत्या अभियुक्त पक्राउ

0 Shares

धनवीर महतो
गौशाला (महोत्तरी) / मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरण अदालतबाट सजाय पाएर फरार रहदै आएको महोत्तरीका पूर्वसाँसद कौशल यादवलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि फरार सुचिमा रहेको साँसद यादवलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सवारी दुर्घटनामा परि घाईते भएकाहरु दिएको वयानको आधारमा प्रहरीले खोजविन गर्दा यादवको उनको निजी निवास सोनमा गाँउपालिका ५ खैरवन्नीबाट नियन्त्रणमा लिएको हो ।


प्रहरी प्रवक्ता एवम् डिएसपी सन्तुलाल जयसवारले दिएको जानकारी शनिवारराति सोनमा गाँउपालिका ५ स्थित हुलाकी सडकमा उनी सवार गाडीले ठक्कर दिदा ३ जना घाईते भएका थिए । सो दुर्घटनामा परि घाईतेहरु प्रहरीलाई दिएको जानकारी अनुसार प्रहरीले उनलाई नियन्त्रणमा लिएको डिएसपी जयसवारले जनाएको छ । उनी सवार प्र २ ०२ ००१ च ००४५ नम्बरको स्कारपिओले विपरीत दिसाबाट आईरहेको डी एल ३ सी ए वाई ८६१५ नम्बरको स्कारपिओलाई ठक्कर दिई फरार भएको थियो । दुर्घटनामा परि घाईते भएका ३ जनाले स्थानिय क्लिनिकमा उपचारको क्रममा दिएको वयानको आधारमा यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको पूर्वसाँसद यादव उपर आवश्यक कानुनी कारवाहीको लागि महोत्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सोहि हत्या आरोपमा पुर्व साँसद यादवको हकमा मुद्दा मुलतवीमा राखिएकोमा अर्कै घटनामा पक्राउ परेका पुर्व साँसद यादवलाई थमन हत्या मुद्दामा समेत अदालत पेश गरिएको हो । उक्त मुद्दाको सक्कल मिसिल उच्च अदालत जनकपुरमा रहेकोले मिसिल सोमबारमात्र जिल्ला अदालत महोत्तरीमा आउने भएकोले आईतबार उनलाई प्रहरी हिरासतमा पठाईएके जिल्ला अदालत महोत्तरीका सुचना अधिकारी शाखा अधिकृत केदारनाथ झाले बताए । उनले पुर्व साँसद यादवमाथि कर्तव्य ज्यान र आगलागी मुद्दा रहेकोमा दुवै मुद्दामा उनी फरार रहेकोले उनको हकमा मुद्दा मुलतवीमा रहेकोले अव मुलतवीबाट मुद्दा व्युझिने र आवश्यक कार्यवाही अगाडी बढ्ने सुचना अधिकारी झाले थपे । उनले सक्कल मिसिलको लागि पत्र जनकपुर उच्च अदालत पठाईसकेको थपे ।


०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गर्दा मृत्यु भएको थियो । जिल्ला अदालतले मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई विकको हत्या मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्म कैदको सजाय तोकिएपछि हाल फरार रहेका छन् ।
उक्त मुद्दामा जिल्ला अदालतले प्रदीप साह, संजय कुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई ज्यान सम्बन्धी महलको १ र १३(३) नं. बमोजिम कसुर गरेकोले सोही १३(३)बमोजिम जनही जन्म कैद सजायको फैसला सुनाएको छ । जन्मकैद सजाय पाएका ७ जनामध्ये प्रदीप साह र संजय कुमार साह ८ वर्षदेखि थुनामा छन् भने जिल्ला अदालतले सजाय तोकेका अन्य फरार रहेका छन् । यता सोही मुद्दामा नेकपा एमालेका नेता एवम् महोत्तरी क्षेत्र नं. १ का प्रतििनधीसभा सदस्य लक्ष्मी महतो कोईरीले सफाई पाईसकेका छन् ।

प्रतिक्रिया