
रामनारायण यादव, राजविराज । सप्तरीमा जोर बिजोर प्रणाली उल्लंघन गरी चलाइएका २०१ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेका अनुसार जोर बिजोर प्रणाली उल्लंघन गरी चलाइएका १७ वटा चारचक्के र १७२ वटा मोटरसाइकललाई र १२ वटा तिन चक्के सवारी साधन सप्तरीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।
जिल्लामा कोरोनाको दोस्रो लहर सरु भएको सप्तरी प्रशासनले जोर बिजोर प्रणालि लागु गरी सावारी साधान संचालन गर्न सूचान जारी गरैका थिए । जिल्लाको कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकाले नियन्त्रण तथा रोकथामका लागि जोर बिजोर प्रणालीमा सवारी साधन चलाउन भनिएपनि उल्लंघन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिई सवारी धनीलाई १०० रुपैयाँ जरिवाना गरिएको प्रवत्ता काफ्लेले बताए ।
जोखिम बढेकाले घरमै बसी कोरोना नियन्त्रणमा सघाउ पुर्याउन नगरवासीलाई उनले आग्रह गरे ।
प्रतिक्रिया