Friday 20th of September 2024

गौशालामा विना दर्तावाला क्लिनिकको विगविगी ।।

0 Shares

गौशाला । महोत्तरीको गौशाला नगरपालिकामा अवैध रुपमा विना दर्ता संचालित निजी क्लिनिकहरुको विगविगी बढदै गएको छ ।

कुनै समय सेवाको रुपमा खोलिने यस्ता निजी क्लिनिकहरु पछिल्लो समयमा आएर व्यवसायिक रुपमा संचालित भएतापनि सरोकारवाला निकायको ध्यानाकर्षण हुन सकेको छैन । यसरी संचालित निजी क्लिनिकहरु मानव स्वास्थ्यसँग प्रत्यक्ष रुपमा खेलवाड गरिएतापनि सम्बन्धित सरोकारवाला निकाय मौन भई मुखदर्शक वनेका छन । यहाँ संचालित अधिकांश क्लिनिकहरु एमविवीएसस्तरका चिकित्सकको नाम वोर्डमा उल्लेख गरेका छन भने सिएमएस्तरका स्वास्थ्यकर्मीले हरेक किसिमको विरामीको उपचार गरि सेवाग्राहीलाई ठग्दै उनीहरुको स्वास्थ्यसँग खेलवाड गर्दै आएका छन ।

यससम्बन्धमा गौशाला उद्योग वाणिज्य संघका पूर्व सचिव सुनिलचन्द्र झाले यहाँ संचालित अधिकांश निजी क्लिनिकहरुले सेवाग्राहीहरुलाई ठगिदै आएको छ । नगरपालिकाको कार्यालयले आवश्यक प्रक्रिया पूरा गरि मापदण्ड भित्र रहेको स्वास्थ्य संस्थालाई अनिवार्य रुपमा दर्ता प्रक्रियामा ल्याउनुपर्नेमा उनले जोड दिएका छन । दर्ता भएको वा नभएको आवश्यक गतिविधीको निगरानी समय समयमा नगरपालिकालाई अनिवार्य रुपमा गरिनुपर्नेमा जोड दिएका छन ।

नगरभरिमा संचाालित निजी क्लिनिकको रेकर्डको सम्बन्धमा दर्ता नभएको कारणले अनुगमन लगायतका कामकाज आफुहरु चाहेर पनि गर्न नसकेको नगर स्वास्थ्य संयोजक रामप्रकाश महतोले धारणा राख्नुभयो । अव निती नियम कानुन बनाई प्रक्रियागत रुपमा दर्ता गराउनका लागि आफु प्रयासरत रहेको संयोजक महतोले धारणा राख्नुभयो । आशा लामा उपप्रमुखले दर्ता प्रक्रियाको लागि नगरपालिकाले निती तयार गरिएको छ तर लकडाउनको कारण कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

हरेक व्यवसायीलाई नगरपालिकामा अनिवार्य रुपमा दर्ता गराउनका लागि उद्योग वाणिज्य संघसँग लामो समयको प्रयासपछि समन्वयन भएतापनि सो सफल हुन नसकेको उपमेयर लामाको भनाई रहेको छ ।

प्रतिक्रिया