Thursday 7th of November 2024

मागको वेवास्ता गरेकै कारण आफुहरु अदालतमा न्यायको लागि ढोका ढक्कढकाए : उपमेयर रेणु कुमारी

0 Shares

रेडियो रुपान्तरण 

गौशाला /गौशाला नगरपालिकाले तोकिएकै समयभित्र अर्थिक बर्ष २०८१ /०८२ को वार्षिक वजेट योजना तथा तर्जुमा कार्यक्रम पारित गरिसकेका छछन् । कार्यपालिका सदस्यको वहुमत सदस्यको सहमतिमा पालिकाले समयमै वजेट ल्याउन सफल भएको नगरपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाको कार्यालयले प्रशंसा बटुल्नमा व्यस्त रहेको समयमा नगरको उपप्रमुख लगायत केही वडाअध्यक्ष अनि कार्यपालिका सदस्यहरु वजेटप्रति खुलेरै असन्तुष्ट जनाउँदै आएको छ । पालिकाले यसबर्षको वजेट एकात्मक रुपमा लादिँएको भन्दै उपमेयर रेणु कुमारीले असन्तुष्ट जाहेर गरेकी छिन् । उपमेयरले आफ्नो अधिकार हनन भयो भन्दै अदालतको ढोका ढक्कढकाएको छ । प्रस्तुत छ, यसै सन्दर्भमा रेडियो रुपान्तरणले उपमेयरसँग गरिएको कुराकानीको सम्पादित अंश……………..
गौशाला नगरपालिकाले समयमै वजेट ल्याएर प्रशंसा वटुलिरहेको समयमा यहाँले खुलेरै असन्तुष्ट व्यक्त गर्दैहुनुहुन्छ नि । मुख्यतः कारण के हुन सक्छ ?
– हामीहरु सम्पादित गरि वजेट ल्याउनुपर्छ भनि उठाएको आवाज नसुनिएपछि वाध्य भएपछि असन्तुष्ट भएका छौ । सम्भवतः हरेक पालिकाले ल्याउने वार्षिक वजेटको सम्पादन गर्ने अधिकार उपप्रमुखको नेतृत्वमा रहेको वजेट योजना तथा तर्जुमा समितिको रहेको हुन्छ । तर यहाँ सो प्रावधानलाई लत्याएर वजेट ल्याएको रहेछ । जुन हामीहरुलाई कदापी स्वीकार्य छैन् । पालिकाले जुन वजेटलाई वहुमतको आडमा पास गरायौ भन्दै हल्ला फैलाएको छ नि त्यस वजेट नियम विपरित तयार पारिएको हो । म लगायत ती नगरको समितिका वहुमत सदस्यहरुले वजेटप्रति पहिले नै लिखित रुपमै असन्तुष्ट जाहेर गरिसकेका छन् । ती समितिले बन्द सत्रमा गाँउ टोलबाट आएको वजेटको योजनालाई छलफल गरि मुर्त रुप दिने अधिकार रहेको हुन्छ । समितिले तयार पारिएको खाकालाई नै नगरको कार्यपालिका वोर्डले अनुमोदन गर्ने स्थानिय सरकार संचालन ऐनमा उल्लेख रहेका छन् । अव भन्नुस त्यसलाई नै वहुमतको आडमा पेलेर ल्याएको वजेट कसरी संवैधानिक हुनसक्छ । फेरि बजेट अनुमोदन गर्ने क्रममा पनि म लगायत वडा नं. १ का वडाअध्यक्ष नविनकुमार साहले नगर कार्यपालिकाको वैठकमै लेखेरै असन्तुष्ट जनाईसकेको छ । हुनसक्छ त्यसदिनको कार्यपालिकाको वैठकले वहुमतको आडमा वजेटलाई पारित गराएको होला तर वजेट तथा कार्यक्रम तर्जुमा समितिका अधिकांश सदस्यहरुले त्यस वजेटमा त पहिले नै असन्तुष्ट जनाईसकेको छ । त्यसकारण हामीलाई ती वजेट मान्य छैन् । संशोधन गरि वजेट ल्याउनुपर्ने हामीहरुको माग छ । नगरले हामीहरुको मागको वेवास्ता गरेकै कारण आफुहरु अदालतमा न्यायको लागि ढोका ढक्कढकाएको छांै ।
सर्वसधारणहरुको वुझाईमा यो छ कि विगत २ बर्षदेखि मेयर र उपमेयरको टसन (विवाद) नै नगर विकासको वाधक बनिसकेको छ । यहाँहरुको समस्याको समाधान किन हुन सकेको छैन् ?
– म स्वीकार गर्छु म र मेयर साहेवको विचमा विगत २ बर्षदेखि वैचारिकतवरले विवाद छ । विचार नमिलेपछि विवाद हुनु स्वभाविक हो । तर उहाँ (मेयर) ले त प्रमुखको हैसियतले विवादको निराकरण गर्नुपथ्र्यो नि । किन गर्न सक्नुभएन् ? हाम्रा अधिकांश कार्यपालिका सदस्यहरुको माग छ कि कार्यपालिको वैठकलाई लाईभ (प्रत्यक्ष प्रसारण गरियोस् । तर खोई के कारण मेयर साहेब अझ मान्नुभएको छैन् । मैले सहिको लागि आवाज उठाउँदै आएको छु । धेरै पालिकामा वजेटको लागि नै मेयर र उपमेयरविचमा विवाद हुने गरेको छ । तर मैले वजेटको लागि जनताको विकासको लागि आवाज उठाएपछि मेयरसँग विवाद भएको हो । म राजश्व परामर्श समितिको संयोजक छु तर पदभार सम्हालेयता नगरको खर्च विवरण पाउन सकेको छैन् । कार्यालयमा कार्यरत कर्मचारीको अटेरीपनकै कारण सो खर्च विवरण अझ आफुले पाउन सकेको छैन् । आफुले बारम्बार माग गर्दा समेत नगरको खर्च विवरण कर्मचारीहरुले सहज रुपमा उपलब्ध गराएको छैन् । त्यसको जानकारी नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउँदा समेत कुनै सुनवाई हुन सकेको छैन् ।
यहाँ न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ, पालिकामा न्यायिक समितिको अवस्था के कस्तो रहेको छ ?
– संवैधानिक व्यवस्था अनुरुप आफु यस पालिकाको न्यायिक समितिको संयोजक रहेको छु । न्यायिक समितिलाई चुस्त दुरुस्त बनाउनु मेरो संवैधानिक अधिकार रहेको छ । मैले पदभार सम्हालेयता पालिकामा कानुन परामर्शदाताको नियुक्ति खाली रहेको छ । सो पदका लागि आवश्यक व्यवस्थापन गर्नका लागि वारम्बार आग्रह गर्दा समेत कुनै सुनवाई हुन नसक्दा सोचेअनुरुपको सेवा दिन नसकेको हुँ । कानुनको जानकार नभएकै कारण सो सेवाबाट आफु असन्तुष्ट रहेकी छु । पालिका सो कार्यका लागि कानुनसँग सम्बन्धित कर्मचारी माग गर्दा अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन् । अझ ईजलाश बन्न सकेको छैन् । खाली कागजको पानामै अधिकार सिमित दिएर संतोषजनक काम कसरी पुरा हुन्छ । त्यसका लागि जनशक्ति अनि भौतिक पूर्वाधारको व्यवस्थापन हुनुपर्यो नि ।
गौशालाको मुटुको रुपमा रहेको गौशाला वजार अनि निगौल गाई गौशालाको अवस्था दयनीय हुँदा समेत नगरपालिका मौन छ नि । किन यस्तो भएहोला ?
– हो, गौशालाको नामाकरण नै यी दुई ऐतिहासिक सम्पदाबाट भएको हो । तर दुखको साथ भन्नुपर्दा यी दुईको अवस्था धरायसी हुनुमा हामी सवै जनप्रतिनिधीको कमी कमजोरी रहेको छ । व्यापारी अनि किसानहरु अझ पनि धेरै नै कष्ट गरि वजारमा कारोबार गर्दै आएको छ । देशमा तीन तहका सरकार हुँदा समेत वजारक्षेत्रमा जनप्रतिनिधीविहीन झै अवस्था बन्न पुगेको छ । वजारक्षेत्रमा विगत ७ बर्षको अवधिमा विकास शुन्य रहेको छ । जुन हाम्रो लागि दुर्भाग्यको विषय बनेको छ । वजारमा अहिले शौचालय, सडक लगायत आवश्यक भौतिक संरचना सहितको विकास हुन सकेको छैन् । जीरोमाईलदेखि गौशालाको त्रिभुवन मावि स्कुल हुँदै मगरथाना चौकसम्मको नालासहितको कालोपत्रे सडक निर्माणका लागि मैले शिफारिस गरिएको वजेट कटौती गरिएको छ । मैले आफ्नोतर्फबाट वजेट निर्माणको क्रममा अनेकौपटक प्रयास गरेको थिए तर सो नगरको वजेटपुस्तिकामा स्थान पाउन सकेको छैन् । अर्को कुरा निगौल गाई गौशाला उचित व्यवस्थापन अनि संरक्षणको अभावमा खस्किदै गएको छ ।
प्रस्तुती : कार्यक्रम रुपान्तरण विमर्शमा गरिएको कुराकानीमा आधारित……..

प्रतिक्रिया