रामनारायण यादव, राजविराज । सप्तरीमा कोरोना संक्रमणको तीव्र रुपमा बढदै जादाँ संक्रमणलाई रोकथाम गर्नका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको छ ।
आज विहान बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट वैशाख २५ गते राति शनिबार १२ बजेदेखि लागू हुने गरी जिल्लाको शहरी क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।
उनका अनुसार बैठकले सदरमुकाम राजविराज, रुपनी, काठौना, कल्याणपुर, खुचुहिया, पातो, बोदे बरसाईन, तोपा, महुली, पत्थरगाढा, छिन्नमस्ता, जिरिया हटिया मंसापुर, हनुमाननगर, भारदह, बरमझिया, कञ्चनपुर, फत्तेपुर, वीरेन्द्र बजार, लगायतका शहरी क्षेत्रमा आवागमन निषेध गरिएको छ ।
जिल्लामा रहेको यूनिक र छिन्नमस्ता अस्पताललाई ५ दिनभित्र कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाउन बैठकले भनेको छ भने प्रत्येक स्थानीय तहलाई कम्तीमा २० बेडको आइसोलेसजन सञ्चालन गर्न भनिएको प्रजिअ पोखरेलले बताए ।
जिल्लामा बुधबारसम्मको तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या २ सय २७ पुगेको स्वास्थय कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।