Thursday 7th of November 2024

गौशाला वजारमा दोस्रो दिन निषेधाज्ञाको प्रभाव परेन, नियमविपरीत चलाएको भन्दै ५३ वटा मोटरसाईकल प्रहरीको नियन्त्रणमा ।।

0 Shares

गौशाला । जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको निषेधाज्ञा अन्तर्गतको दोस्रो दिन महोत्तरीको गौशाला वजारमा पालना भएको छैन ।

प्रहरी एवम सरोकारवाला निकायले मुखदर्शक भएपछि निषेधाज्ञाको आज दोस्रो दिन विहीबार लागेको गौशाला बजारमा सेवाग्राहीहरु निर्वाध रुपमा कारोबार गर्दै आएको पाईएको छ । रेडियो रुपान्तरणका पत्रकार सुनिता महतोले दिएको जानकारी अनुसार आज दिउँसो समयमा मरहा पुलको पश्चिमतर्फ डयुटीमा रहेको प्रहरीले कसैलाई रोकटोक नगरी बजारमा सिधै प्रवेश गर्न दिएकोे छ । जसका कारण सर्वसधारणहरु निर्वाध रुपमा वजार प्रवेश पाएका छन ।

डयुटीमा खटिएको प्रहरीहरु एक आपसमा कुरा गर्नमा व्यस्त रहेका थिए । यता गौशाला बजारस्थित पुरानो सिनेमा हल नजिक लागेको तरकारी बजारमा कुनै किसिमको स्वास्थ्य मापदण्डको पालना नभएको पाईएको छ । यहाँका व्यापारीहरु भने आज दोस्रो दिन आ आफनो पसलहरु पुर्ण रुपमा वन्द गरेता पनि तरकारी बेच्न आएका सर्वसाधारणहरु जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको पालना नगरेको पाईएका छन् ।

यस अघि ईलाका प्रहरी कार्यालय गौशालाले बजारको मुख्य प्रवेशद्धार जिरोमाईल, विद्यालय चौक, पुल चौक र निगौल चौकको छेउमा गरि ४ स्थानमा तरकारी बजार लगाउने सुचना सार्वजानिक रुपमै जारी गरेका थिए तर सो लागू नभएको देखिएको छ । यस सम्बन्धमा प्रहरी निरीक्षक विष्णु प्रदीप वस्याँलले आफुहरु निषेधाज्ञालाई पुर्णरुपमा पालना गराउनमा तत्पर रहेको धारणा राख्नुभयो ।

यसैक्रममा आज नियमविपरीत सवारीसाधन चलाउने ५३ वटा मोटरसाईकलाई कारवाहीको लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक वस्याँलले बताउनुभयो ।

प्रतिक्रिया